Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, वीपी साहित्य महोत्सव हुँदै

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, वीपी साहित्य महोत्सव हुँदै

काठमाण्डाै – आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिनुभयो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बन्नुभयो  । २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएको थियो ।

आफ्नो कार्यकालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्त्वपूर्ण कार्यक्रम घोषणा गर्नु भएको थियो ।  २०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भएको थियो ।  भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्किनु भएको थियो । उहाँले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । कोइरालाले नेपाली साहित्यमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ ।  

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

यसैबीच, वीपीको ११०औँ जन्मजयन्तीको अवसरमा आजदेखि तीन दिनसम्म वीपी साहित्य महोत्सव हुँदैछ ।

केन्द्रीय कार्यालय सानेपामा हुने महोत्सवको उद्घाटन बिहान ९ बजे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । उहाँका साहित्य, राजनीति, दर्शन, कुटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध