हुलाकी खबर । समाचारदाता
नवलपरासी, भदौ २४ गते । पश्चिम नवलपरासीको भुजहवाँमा विस लाख नेपाली रकम सहित दुई पक्राउ परेका छन् । जिल्लाको सरावल गाउँपालिका ७ भुजहवाँ स्थित झरहिपुलको बिच भागमा मोटरसाईकल रोकि चेक जाँचको क्रममा विस लाख नेपाली रकम सहित दुई जना पक्राउ परेका हुन
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका २ हरपुर वस्ने मोटर साईकल चालक वर्ष २४ का रामपत गुप्ता र सोही स्थानका मोटर साईकलमा पछि सवार वर्ष ३८ का गफ्फार रईन कुजडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
पक्राउ परेका दुबै माथि थप अनुसन्धान भईरहेको छ ।