Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

दश बुंदे ‘स्वर्गद्वारी घोषणापत्र’ जारी गर्दै सकियो प्रेस यूनियन लुम्बिनीको भेला

दश बुंदे ‘स्वर्गद्वारी घोषणापत्र’ जारी गर्दै सकियो प्रेस यूनियन लुम्बिनीको भेला

हुलाकी खबर । समाचारदाता
नेपाल प्रेस यूनियन लुम्बिनी प्रदेशले १० बुंदे वर्गद्वारी घोषणापत्र’ जारी गर्दै भेला सम्पन्न गरेको छ ।। प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको बन्दसत्रले १० बुँदे स्वर्गद्वारी घोषणा पत्र जारी गरेको हो ।
महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा प्रदेश भेला १० बुँदे घोषणापत्र जारी गरेर सम्पन्न भएको उल्लेख छ । भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जोडदार माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै लुुम्बिनी सञ्चार समन्वय परिषद त्रुटीरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडिया सम्बन्धि सबै काम सोही परिषदमार्फत गर्ने व्यवस्था मिलाउन माग गर्दै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटीपूर्ण भएकाले संशोधन गर्न भनिएको छ ।
पत्रकारहरुको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरिएको छ । लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न माग गरिएको महासचिव गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको छ । साथै युनियनमा पनि शुद्धिकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत गराइएको छ । मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यसैगरी नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको ’पत्रकार प्रशिक्षण बर्ष २०८०’ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संबद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रबद्र्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।
दुई दिने प्रदेशस्तरीय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण समय दिएर सहभागी हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रिय सदस्य, १२ वटै जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारी लगायत सहभागी सबैप्रति कृतज्ञता प्रकट गर्दै आतिथ्यताका लागि जिल्ला शाखा प्युठान र स्वर्गद्वारी आश्रम परिवारप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा भदौ २२ र २३ गते पवित्र धार्मिकस्थल प्यूठानको स्वर्गद्वारीमा लुम्बिनी प्रदेशस्तरीय भेला र विस्तारित वैठक भव्यरुपमा सम्पन्न भएको महासचिव गिरीले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन गर्नुभएको थियो भने विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गर्नुभएको थियो ।
भेलामा नेपाली काँग्रेस लुम्बिनीका सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य अमर भण्डारी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेल, केन्द्रिय सदस्यहरू, जिल्लाका अध्यक्ष एवं पदाधिकारी, पत्रकार महासंघ प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध