Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्काेमा प्रस्ताव पेश गरिने


तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्काेमा प्रस्ताव पेश गरिने

प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि यहि सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ ।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखि सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि गठित निर्देशक समितिको मंगलबार लुम्बिनीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् निर्देशक समितिका संयोजक संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्धारा तयारी गरी अन्र्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेजको मस्यौदालाई पेश गर्ने निर्णय गरिएको हो ।

विश्व सम्पदा महासन्धि अनुसार सेप्टेम्बरभित्र तयार मस्यौदा मनोनयन दस्तावेज पुरातत्व विभाग हुँदै सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विश्व सम्पदा केन्द्रमा पेश गरिने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक एवम् मनोनयन दस्तावेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए । अन्तिम मनोनयन दस्तावेज नेपाल सकारले सन् २०२४ को फेब्रुअरी १ तारिख अगावै पेश गर्नुपर्ने यूनेस्को महासन्धिमा उल्लेख छ ।

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खनन्बाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।

बैठकमा कोषका उपाध्यक्ष एवम् निर्देशक समितिका संयोजक डा. ल्हारक्याल लामाले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक प्रक्रियागत कामहरु पूरा गर्नका लागि कोषका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए । उनले सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखिएको उल्लेख गर्दै अब सुचीकृतका लागि प्रक्रियागत कामहरु मात्रै बाँकी रहेको बताए ।

सिद्धार्थ गौतमका रुपमा बुद्धले २९ वर्ष विताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक पर्ने प्रमण र आधारहरु अन्र्तराष्ट्रिय र राष्ट्रिय विज्ञहरुले पुष्टि गरिसकेको उनको भनाइ छ । विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विश्व सम्पदा केन्द्रको मुख्य कार्यालय फ्रान्ससहित विश्व सम्पदा केन्द्रका सदस्य राष्ट्रहरुमा तिलौराकोट कपिलबस्तु सुचीकरणका लागि प्रचार प्रसार र लविङका कार्यक्रमहरु गर्ने समेत बैठकले निर्णय गरेको छ ।

निर्देशक समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, बोर्ड सदस्य गोपीकृष्ण शर्मालगायतले धारणा राखेका थिए ।

तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृत भए यो लुम्बिनीपछिको सबैभन्दा महत्वपूर्ण सम्पदा क्षेत्र बन्ने छ । तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम यसअघि यहि सेप्टेम्बर १० देखि २५ तारिखसम्म साउदी अरबको रियादमा भएको विश्व सम्पदा समितिको ४५ औं बैठकमा समेत तिलौराकोट कपिलवस्तुको बारेमा व्यापक प्रचार प्रसार र प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।

 

सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव भरतमणि सुवेदीको नेतृत्वमा नेपालबाट गएको टोलीले यूनेस्कोको डेपुटी डाइरेक्टर ज्योति होसाग्राह, यूनेस्को एसिया प्यासिफिक प्रमुख हिमालचुली गुरुङसहित बेलायत, भारत, पाकिस्तान, जापान, कोरिया, अष्ट्रेलिया, जोर्डन, मलेसिया लगायत देशका राजदूत र उच्च तहका अधिकारीहरुको उपस्थितीमा तिलौराकोट कपिलबस्तु विश्व सम्पदाका बारेमा विफ्रिङ गरिएको थियो ।

सेप्टेम्बर १७ तारिखका दिन करिव २ घन्टासम्म साईड बैठकमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञ प्रोफेसर रविन कनिङघमले प्राचिन गणराज्य तिलौराकोट शहर कपिलबस्तुबारे प्रस्तुती राखेका थिए । बैठकमा साउदी अरवका लागि नेपालका महामहिम राजदुत नवराज सुवेदी सहित राजदुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

४५ औं विश्व सम्पदा समितिको बैठकमा गरिएको साईड बैठकले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकरणका लागि प्रभावकारी रुपमा सन्देश प्रवाह गरेको बैठकमा सहभागी कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।

उनले नेपालका तर्फबाट लुम्बिनी र तिलौराकोट कपिलबस्तुको सम्पदाबारे व्यापक प्रचार–प्रसार र प्रवद्र्धनको काम समेत गरेको बताए । सम्पदा बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सचिव सुवेदी सहित पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, अन्तर्राष्ट्रिय विज्ञ प्राध्यापक रविन कनिङघम, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध