Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

कपिलबस्तु, असोज १० ।

लुम्बिनी विकास कोषले नेपाली सेनालाई अनुरोध गरी प्राचिन शाक्यहरुको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणका लागि प्रारम्भिक मनोनयन दस्तावेज पेश गर्ने तयारी भइरहेको बेलामा तिलौराकोटको उत्तरतर्फ रहेको झाडीको सफाई गरिएको हो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पो छिमे ) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गर्दा सौन्दर्यकरणको आवश्यकता देखिएपछि सौन्दर्यकरणका लागि तत्त्कालै नेपाली सेनासँग समन्वय गरेका थिए । असोज ४ गतेदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेका नेपाली सेनाको टोलीले झाडी र बुट्यानको सरसफाई गरेका छन् । बुधबार कोषका उपाध्यक्ष डा. लामा सहित पदाधिकारी र २२ नम्बर बाहिनी बुटवलका बाहिनीपती ललितबहादुर कुवँर सहितको टोलीले तिलौराकोट क्षेत्रमा पुगेर सरसफाईमा खटिएका सेनालाई उत्साह थपेका छन् ।

उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको पुरातात्विक र पर्यटन प्रवद्र्धनका लागि सरसफाई गरिएको बताए । उनले तिलौराकोट बुद्धले सिद्धार्थ गौतमका रुपमा २९ वर्ष विताएको पवित्र स्थल रहेकाले यसको विकासलाई आफुले प्राथमिकतामा राखेको बताए । उपाध्यक्ष लामाले झाडी र बुट्यानले पुरातात्विक अवशेषलाई समेत असर पार्न सक्ने र सुन्दर समेत नभएकाले नेपाली सेनाले आफुहरुको अनुरोध स्विकार गरेर सफाई गरेकोमा धन्यवाद दिए । ‘पवित्र स्थल सफा गर्न खटिएका नेपाली सेनालाई कोषका तर्फबाट धेरै धन्यवाद छ’ उनले भने ।

झाडी बुट्याउनले जमिनमुनीको पुरातात्विक संरचना नष्ट गरिराखेकाले करिव २ विगाहा क्षेत्रफलमा जराहरु हरटाइएको छ । यस्तै करिव ५ विगाहा क्षेत्रफलमा बुट्यान सफाई गरिएको नेपाली सेनाले जनाएको छ । तिलौराकोकाट निरीक्षणमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य गोपीकृष्ण शर्मा, कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, शमशेर दल गण गोरुसिंगेका गणपती दिलिप घले लगायतको उपस्थिती रहेको थियो । नेपाली सेनाले अझै एक सातासम्म तिलौराकोट क्षेत्रमा सरसफाई हुने कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । यसअघि सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले समेत तिलौराकोट क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध