Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं, असोज १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो ।

उहाँलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छन्तु विमानस्थलबाट बिदाइ गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड अमेरिका पछि आठ दिनको चीनको औपचारिक भ्रमण सकेर आज ९शनिबार० स्वदेश फर्कनु भएको हो । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो । न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिँधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो । सो क्रममा उहाँले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो । सो क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता लागु

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध