कपिलवस्तु असोज २७ गते । बिजयादशीको अवसर पारेर कपिलवस्तुको बाणगंगा नगरपालिको राजापनीमा संपन्न साहासिक ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो सँस्करण रुपन्देहीको बुटवलका ११ बर्षिय मनिक श्रेष्ठले जितेका छन ।
बुटवल उप महानगरपालिका– ३ गोलपार्कका उनले ५२ मिटरको दूरी १ मिनेट ५६ सेकेन्डमा पार गरी उपाधि जितेका हुन । एभरेष्ट बोडिङ स्कुलका कक्षा ६ मा अध्ययनरत श्रेष्ठलाई उपाधि संगै ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । गत बर्ष भएको पहिलो संस्करणमा उनले पाचौ स्थान हासिल गरेका थिए । ढिलो गरी ट्याक पार गर्नेलाई बिजेता बनाउने नियम बनाइएको थियो । श्रेष्ठले ट्रेक पार गर्ने क्रममा कलात्मक तरिकाले ५० सेकेन्ड जति ट्याक्क मै साईकल रोकेर प्रतियोगीता जितेका थिए ।
धरानका अनीश तामाङले १ मिनेट २५ सेकेन्डमा पार गरी दोश्रो र तेस्रो स्थानमा शुभम् भट्टराई र सान्त्वना अरुण अर्याल रहेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताए । बिजेता श्रेष्ठले आफुले प्रतियोगीताका लागि तयारी गरेको बताए । उनलाई बिद्यालयले पनि प्रतियोगीतमा सहभागी हुन सहयोग गरेको थियो । साहसिक खेलमा १७३ जनाले नाम दर्ता गरेका थिए । एक भारतीयसहित ७४ जना सहभागी भएका थिए । २४ जनाले निर्धारित दूरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताए ।
पानी माथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दूरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो । प्राचिन कपिलवस्तुको पर्यटकीय विकासका लागि प्रतियोगीता गरिएको हो । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना र लियो क्लवको सह आयोजनामा प्रतियोगीता गरिएको हो ।
साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) खेलिन्छ । ट्रयाक माथी नै प्रतियोगीले साईलक चलाएर एक कुनाबाट अर्को कुना सम्म पार गर्नु पर्ने हुन्छ । गत बर्षको प्रतियोगीता सशान्त थापले जितेका थिए । प्रतियोगीता नेपाल बाहेकका सिमीत देशहरुमा मात्र हुने गरेको आयोजकले जनाएको छ