Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।
अफगानिस्तानले यसअघि श्रीलंका, इङ्ल्यान्ड र पाकिस्तानजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । कुनै समय पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई पनि तनावमा राखेको टोली एक्लो म्याक्सवेलसामु नतमस्तक बन्यो । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्‍याए । अफगानिस्तानले म्याक्सवेललाई आउट गर्ने मौका नपाएको हैन तर उनको क्याच ड्रप भएको थियो । त्यसपछि भने म्याक्सवेलले अफगानिस्तानलाई कुनै अवसर दिएनन् ।

घाइते भए पनि मैदानमा टिकेका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो भने कुनै पनि एकदिवसीय खेलमा अस्ट्रेलियाका लागि कुनै पनि खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । म्याक्सवेलले यसै विश्वकपमा विश्वकप इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका थिए ।

म्याक्सवेललाई कप्तान प्याट कमिन्सले १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए । उनले यसका लागि ६८ बलको सामना गरे । यसअघि मिचेल मार्सले २४ तथा डेभिड वार्नरले १८ र मार्नस लाबुसेनले १४ रन बनाएका थिए । विश्वकपमा अस्ट्रेलियाले पछ्याएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन् । ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क बटुलेको छ । यता अस्ट्रेलियालाई हराएर सेमिफाइनलमा आफ्नो दाबेदारी सशक्त बनाउने अफगानिस्तानलाई भने ठुलो झट्का लागेको छ । ८ खेलपछि अफगानिस्तानको ८ अङ्क रहेको छ । नेट रन रेटको अनुसार टोली छैटौँ स्थानमा रहेको छ ।

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गर्ने प्रयास गरे र २५ बलमा २१ रन बनाएर आउट भए ।

त्यसपछि अफगानिस्तानका ब्याट्सम्यानले एकपछि अर्को गर्दै आउँदै जाँदै गरे तर जादरान अर्को छेउबाट अडिग रहे । रहमत शाहले ४४ बलमा ३० रन, हसमतुल्लाह शाहिदीले ४३ बलमा २६ रन, अजमत उल्लाह उमरजाईले १८ बलमा २२ रन बनाए । राशिद खानले अन्तिम ओभरमा आक्रामक पाली खेले । खानले १८ बलमा ३५ रन बनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध