कपिलबस्तु, मंसिर २८ गते । कपिलबस्तुको बुद्धभुमि नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गर्ने मुलुक मै प्रथम भएको छ । लिजा अनुसार गत बर्षको कामको स्वमुल्यांकन चालु आर्थिक बर्षको पुस मसान्त भित्र गर्नु पर्ने प्रावधान छ ।
जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलका अनुसार बुद्धभुमिले पुस २७ गते स्वमुल्यांकन नतिजा सार्वजनिक गरेर देशमा रहेका ७ सय ५३ स्थानिय तहमा नजिता प्रकाशन गर्ने पहिलो पालिका बनेको बताउनुभयो । बुद्धभुमीले पुस २७ गते लिजाको नतिजा प्रकाशन गरेर आफुहरुलाई जानकारी समेत पठाएको उहाँले बताउनुभयो । मुलुकभरका सात सय ५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनु पर्ने संवैधानिक नियम छ । सार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय अधिकारी पोखरेलको भनाई छ ।
गत बर्ष भन्दा यस बर्ष भने बुद्धभुमी नगरपालिकाले नम्बरमा समेत सुधार गरेको प्रमुख प्रशाकीय अधिकृत धु्रब नेपालले बताउनुभयो । गत बर्ष गरेको कामको स्वमुल्यांकन गर्न बिभिन्न १० वटा क्षेत्रका कुल सय वटा सुचक रहेका छन । त्यही आधारमा नम्बर दिन पाइन्छ ।
बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिकामा जनतालाई प्रभावकारी सेवा दिन र उत्कृष्ठ बनाउन आफुहरु लागी परेको बताउनुभयो । उहाँले स्वमुल्यांकनको नतिजा प्रकाशन गर्ने आफ्नो पालिका मुलुक मै प्रथम भएकोमा खुशी ब्यक्त गर्नुभयो । आफ्नो पालिकालाई खुशी र समृद्ध पालिका बनाउन लागी परेको बताउनुभयो । स्वमुलयांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगर प्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको बताउनुभयो ।