कपिलवस्तु ९ पुस
जिल्लाको बुद्धभुमी नगरपालिकाको १४ आंै नगर सभा संपन्न गरिएको छ । सभामा चालु आर्थिक बर्षका केही आवश्यक योजना सहीतका कार्यक्रमहरु संशोधन गरिएको हो । सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनाको प्रगति प्रतिबेदन प्रस्तुत गरका थिए ।
सो अवसरमा उहाँले आफ्नो पालिका लिजाको नतिजा सार्वजनिक गर्ने नेपालका ७ सय ५३ पालिका मध्ये प्रथम भएको जानकारी गराएका थिए । पालिकाको खोला नालाको अधिकांस ठेक्का लागी सकेको र केही भने प्रकृयामा रहेको बताए । नगरपालिकाको राजस्व संकलन अब सफ्टबेयर सिस्टमा लगीएको बताए ।
सो अवसरमा उनले पालिकालाई खुशी र संबृद्ध बनाउन आफु लागी परेको बताए । उनले पालिकाको विकासका लागि बिभिन्न गौरवका योजना सहीत बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी खेलकुद लागायतका क्षेत्रलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।
सो अवसरमा नगर उपप्रमुख मीरा थारुले न्यायिक समितिको ६ महिनाको प्रतिबेदन प्रस्तुत गरेकी थिईन । यस आबमा आएको २२ वटा निबेदन र गत फर्छौट हुन बाकी रहेको गरी कुल ३३ मध्ये ११ वटा फर्छौट भएको छ । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष संदीप कुमार पाण्डेयले २०७७÷०७८ अघि दर्ता भई नविकरणका लागि चालु आर्थिक बर्षको चैत महिना सम्म सत प्रतिशत दन्ड जरिवाना छुट गरिएको छ ।
यस्तै ५ लाख सम्मका घरेलु तथा साना उद्योग कार्यालयद्धार हस्तान्तरित ५ लाख भन्दा कमका प्रभाईभेट फर्मको नविकरण शुल्क पनि नगरपालिकाले तोके अनुसार लाग्ने छ । निजी वन दर्ता शुल्क १ हजार नविकारण शुल्क ५ सय लाग्नेछ ।
यस्तै नदीजन्य पदार्थको दन्ड जरिवाना बापतको आएको रकममा १५ देखि २० प्रतिशत सहयोगी, सुरक्षा निकाय र नगर प्रहरीलाई दिईनछ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रब प्रसाद नेपाल वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य, संचारकर्मी लगायतको सहभागीता थियो ।