Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

नेपाल टेलिकमको सेवा सुधार गर्न सुझाव

नेपाल टेलिकमको सेवा सुधार गर्न सुझाव

तानसेन, चैत २७ गते । नेपाल टेलिकमको सेवा विस्तार गर्दै सुधार गर्नुपर्नेमा तानसेनमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । नेपाल टेलिकमले शुक्रबार तानसेनमा आफ्नो सेवासम्बन्धी गरेको जानकारी एवं अन्तर्क्रिया कार्यक्रमका सहभागीले टेलिकमको सेवा सुधारमा ध्यान दिन सुझाव दिएका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई जनताका बिचमा पु¥याउने र सुधार गर्ने उद्देश्यका साथ अघि बढेको बताउनुभयो ।

उहाँले आफू आएपछि पहिलो पटक हाइवे कनेक्टिभिटीको काम अगाडि बढाउने निर्णय गरे अनुसार काम अघि बढेको जानकारी दिनुभयो । उहाँले सुगम र दुर्गम स्थानमा भएको पनि मोबाइलका फोन नटिप्ने समस्या भएको गुनासोलाई तत्काल समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारी निकायका बिचमा प्रभावकारी समन्वयको अभावमा सरकारी सेवामा अवरोध आएको उल्लेख गर्नुहुँदै त्यस्तो बेलामा जनप्रतिनिधिसँग छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल टेलिकमका निर्देशक सङ्गीता पहाडी अर्यालले समयसापेक्ष टेलिकमले आफ्नो सेवा विस्तार र सुधार गर्दै लगेको जानकारी दिनुभयो । उहाँले अहिले पनि विविध कारणले जनताले चाहे अनुसारको काम हुन नसकेको बताउँदै सेवा सुधारका लागि बजेट र कार्यक्रमको व्यवस्थापन भइरहेको बताउनुभयो । प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले अहिले पनि नागरिकले टुजीको सेवा लिनका लागि गुनासो गर्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताउनुभयो । उहाँले नेपाल टेलिकम राष्ट्रकै राम्रो संस्था भएकाले यसले आफ्नो सेवा सुधार गर्नुको विकल्प नभएको बताउनुभयो । प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले विद्यालयमा प्रविधि प्रशिक्षण तथा कम्प्युटरसम्बन्धी शिक्षणको नेतृत्व टेलिकमले गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारी निकायले दिने सबै खालको अनलाइन सेवा इन्टरनेटका कारण अवरुद्ध बनेकाले सेवा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरेले दुर्गममा सेवा विस्तार गर्दै टेलिकमको सेवा सुधार गर्न सुझाव दिनुभयो । प्रदेश सभाका सदस्य इन्द्रा गहतराजले सहरी क्षेत्रमा पनि इन्टरनेट सुविधा अहिले पनि गुणस्तरीय हुन नसकेको गुनासो गर्नुभयो । यस्तै राजेन्द्र विश्वकर्माले टेलिकमको टावरनजिकै पनि नेटवर्क टिप्ने अवस्था नरहेकोप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । जिल्लाको निस्दी, रैनादेवी छहरा, पूर्वखोला, माथागढी क्षेत्रका केही भागमा अहिले पनि मोबाइल फोनका सेवामा सुधार आउन नसकेको सहभागीले बताएका थिए । विद्यालय तथा सरकारी निकायमा निःशुल्क प्रदान गरिएको इन्टरनेट सेवा तीन महिना नचलेर अवरुद्ध बनेको पूर्वखोला–२, जल्पाका वडाध्यक्ष नीरबहादुर सारूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध