तौलिहवा(कपिलबस्तु), असार १३ गते । कपिलबस्तुमा आफ्नै श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु एक जना महिलाको मृत्यु भएको छ । महाराजगंज नगरपालिका–३ गनवरियास्थित सडकमा लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलका अनुसार किसलावती कै श्रीमान्ले चलाएको उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएको बताउनुभयो । घाइते किसलावतीको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाई छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।