कपिलबस्तु, असार १४ गते । सरकारले बिषादीमा लगाएको मुल्य अभिबृद्धि कर हटाउन माग गर्दैं बिषादी ब्यवसायीहरु आफ्नो पसल बन्द गरी आन्दोलित भएका छन । आर्थिक बर्ष २०८१÷०८२ को बजेट बक्तब्यमा सरकारले बिषादी र कृषिमा प्रयोग हुने बिभिन्न माल बस्तुहरुमा लगाइएको मुल्य अभिबृद्धि करले त्यसको प्रत्यक्ष असर कृषक र आफ्नो ब्यवसायमा पर्ने भन्दै उनीहरु आफ्नो पसल बन्द गरी आन्दोलनमा उत्रेका हुन ।
बिषादी ब्यवसायी संघ नेपालको आवहनमा उनीहरु आन्दोलित भएका हुन । बिषादीमा मुल्य अभिबृद्धि कर लगाईदा अब उप्रान्त चोरी पैठारीको प्रभल संभावना रहेको र बिना दर्ता संचालनमा रहेको बिक्रेताले गुणस्तरहीन बिषादी बेच्ने कार्य बढ्ने संघका जिल्ला अध्यक्ष संजय चौधरीले बताए । मूल्य अभिबृद्धि करको मार कृषकहरुमा पर्ने भएकाले यो निर्णय सरकरले तत्कालै फिर्ता लिनु पर्ने उनले बताए ।
बिषादी पंजीकृत गर्दा लाग्ने शुल्कमा ५ सय देखि एक हजार प्रतिशत शुल्क समेत बृद्धि हुने उनले बताए । उनले आफुहरु पहिलो चरणमा दुई दिन पसल बन्द गरेर सांकेतिक बिरोधमा उत्रेको बताए । यो निर्णय नसच्चिए आफुहरु पसल बन्द गरी बिदेशिन बाध्य हुने चेतावनी दिए ।
जिल्लामा ढेड सय बढी बिषादी बिक्रेता छन । यसै बिच संघले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सोही बिषयमा ज्ञापन पत्र बुझाएका छन । संघका जिल्ला अध्यक्ष संजय चौधरी र अगुवा ब्यवसायी रामचन्द्र मुराउको अगुवाईमा गएको टोलीले प्रजिअ बिश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई सो निर्णय सच्चाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।