Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो

ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो

कपिलबस्तु, कात्तिक ३० गते । कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न विहिबार रातिदेखि नै हजारौँ भक्तजन आइरहेका थिए । मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका छन् ।
रामघाटमा छिमेकी देश भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका श्रद्धालु समेत आएका थिए । भक्तजनहरु रातभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो ।
त्रेतायगुमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्वदन्ती छ । रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरु बताउँछन् ।
कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको कपिलबस्तु नगरपालिका ४ का गणेश प्रसाद पाण्डेयले बताउनुभयो ।
प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बाकेको श्रद्धालु भक्तजनहरु बताउछन् । यशोधरा गाँउपालिका १ बाट रामघाट आएका विरेन्द्र चौधरीले यस वर्ष पनि गौ, अन्नपता सहीत पैसा दान गरेको बताउनुभयो । ‘हामीले हरेक बर्ष रामघाटमा कार्तिक पुर्णिमामा दान गर्ने गर्छौ,’ उहाँले भन्नुभयो ‘बाजे बज्यैको पाला देखिको परंम्परालाई कामय राखेका छौ, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ ।’
बाणगंगाको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दौनामा लागेको मेलामा ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए । मेलालाई व्यवस्थित गर्न, कुनै पनि किसिमको घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी समेत खटिएका छन् । सो अवसरमा जिल्लाको कपिलबस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका, मायादेबी, शुद्धोधन, यशोधरा र विजयनगर गाउँपालिकाले स्थानीय बिदा समेत दिएक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध