Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप


महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप

काठमाण्डौ – आउँदो माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । यसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।

उहाँले भन्नुभयो, ‘१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ ।’

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । यस अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् । उहाँले भन्नुभयो, ‘यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।’

पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो नम्बरमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिलाले यसैका कारण ज्यान गुमाउने  र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने  र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट ज्यान जाने अनुमान छ । पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।

राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२/७३ र २०७३/७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।

खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१/८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा.गौतमले खोप यही पुसको मध्यसम्ममा आइपुग्ने बताउनुभयो ।

उहाँका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । ‘अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ’, उहाँले भन्नुभयो । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै  आइपुग्ने उहाँको भनाइ छ ।

के हो एचपीभी खोप ?

चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।  नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ ।

यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।

सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री

सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा तालिम समापन

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा तालिम समापन

दोहनीको शिव मन्दिर प्रांगणमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

दोहनीको शिव मन्दिर प्रांगणमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

विश्व वातावरण दिवसमा यशोधराको खोरियामा बाँस वृक्षारोपण

विश्व वातावरण दिवसमा यशोधराको खोरियामा बाँस वृक्षारोपण

विश्व दुग्ध दिवसमा बालगृहका बालबालिकालाई दुग्धजन्य पदार्थ वितरण

विश्व दुग्ध दिवसमा बालगृहका बालबालिकालाई दुग्धजन्य पदार्थ वितरण

ताजा समाचार

सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री

सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा तालिम समापन

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ कपिलवस्तुको साधारण सभा तथा तालिम समापन

दोहनीको शिव मन्दिर प्रांगणमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

दोहनीको शिव मन्दिर प्रांगणमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

विश्व वातावरण दिवसमा यशोधराको खोरियामा बाँस वृक्षारोपण

विश्व वातावरण दिवसमा यशोधराको खोरियामा बाँस वृक्षारोपण

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध