कपिलबस्तु, मंसिर १२ गते । आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुको १६ औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं २०६५ सालमा स्थापना भई हाल १५ वर्ष पूरा गरि १६ औं वर्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पोडेलले संस्था निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढ्दै गएकोमा संस्थालाई शुभकामना दिनुभयो ।संस्थाको कार्य व्यवस्थापन राम्रो भएकोले आउने दिनमा संस्थाको शेयर सदस्य बन्ने घोषणा समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेले संस्थाले स्थापना कालदेखी सेवाग्राही तथा शेयर सदस्यहरुको विश्वास जित्दै आएको बताउनुभयो । उहाँले संस्थाले आगामी दिनमा पनि सेवाग्राही तथा शेयर सदस्यहरुका विश्वास जोगाई राख्ने बताउनुभयो ।
संस्थाको मुख्य उद्देश्य आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै रहेको संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागि संस्थाले काम गरिरहेको उहाँको भनाई छ ।
संस्थाको कोषाध्यक्ष मुकेश कुमार श्रीवास्तवले ४८ लाख २९ हजार ७४ रुपैया ९२ पैसाको आय व्याय प्रस्तुत गर्नु भएको थियो । यस संस्थामा आर्थिक वर्ष ०८०÷०८१ को तथ्याङ्क कुल २ हजार ४ सय ८२ जना बचतकर्ता रहेका छन् । जसमध्ये ४ वटा संस्थागत बचत गर्ने संस्था रहेको छ । संस्थाले करिब ५ करोड ऋण लगानी समेत गरको छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष राम भजन कलवार, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, कपिलबस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले लगायतले शुभकामना मन्तव्य दिइएका थिए । संस्थाको सचिव कृष्ण मोहन शुक्लाको सञ्चालनमा भएको कार्यक्रममा बृजेश भटराको स्वागत मन्तव्यमा सम्पन्न भएको छ ।