Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

संसारको लागि प्रकाश स्तम्भ बुद्ध

संसारको लागि प्रकाश स्तम्भ बुद्ध

नेपाल संसारले जति नै प्रगति गरेपनि, संसारको मूल इकाइ मनुष्य अझै पनि दुःखी नै छ । बुद्धले जुन दुःखलाई अनुभव गर्नु भयो, त्यो दुःख प्रत्येक मनुष्यको भित्री अस्तित्वमा छ, चाहे हामीले त्यो अनुभव गरौं वा नगरौं । हाम्रो अवस्था त यस्तो छ कि हामीलाई दुःखको अनुभूति गर्ने सामर्थ्य पनि हराइसकेको छ । आज हामी कष्टमै बाँचिरहेका छौं ।
बुद्ध भन्नुहुन्छ कि दुःख हटाउने उपाय हामी स्वयं हौं । यसको अर्थ, दुःख हुनुको कारण पनि हामी नै हौं । यदि दुःख अरूको कारणले हुने भए, दुःख कहिल्यै पनि हट्न सक्दैन । दुःखको मुक्ति हाम्रो आफ्नै मनोवृत्तिमा निर्भर छ, र जब हामी आफैँलाई रूपान्तरण गर्छौं, तबमात्र सच्चा सुख प्राप्त हुनसक्छ । जसलाइ वहाँले आनन्द भन्नु हुन्छ ।
मनुष्य एउटा विमारी हो, यही विमारी हाम्रो सौभाग्य हो भने यही विमारी हाम्रो दुर्भाग्य पनि । यही विमारीको कारण मनुष्य शान्त हुन सक्दैन र त्यही शान्तिको खोजमा संसार प्रगति गर्दै गइरहेको छ । यही विमारीको कारण मनुष्य स्वयंलाई यति विकशित गरेको हो भने यसैको कारण दिन(दिनै नयाँ खोज र अनुसन्धान भइरहेको छ । यो विमारी दिन प्रति दिन बढदै गइरहेको छ ।
बुद्ध आफूलाई वैद्य भन्नु हुन्छ । वैद्य भए पछि कुनै रोगको उपचार पनि गर्नु भएको होला । आखिर त्यो कुन रोग होला । त्यो रोग भनेको आध्यत्मिक रोग हो । यो रोगसम्म अहिलेको विज्ञान पुगेको छैन् । कोही(कोही वैज्ञानिकहरूले  सोच्न थालेका छन् ।
आधुनिक विचारधारा भएका व्यक्तिसँग २(३ सय वर्ष पहिला मानसिक रोगको बारेमा धारण पनि थिएन ्र तर त्योभन्दा माथि आध्यात्मिक रोगको सम्बन्धमा बुद्धले अनुभव गर्नु भएको थियो । धर्मले चर्चा नै मन, आत्मा, सपना जस्ता विषयमा गर्छ । त्यही भएर प्राय हामीलाई धर्मको कुरा सम्झन कठिन हुन्छ । अब त विज्ञानले पनि योग, ध्यान गर्ने सम्बन्धमा सहमति दिदैंछ ।
कहिले(काहीं यस्तो घटना हुन्छ । ल्याबको रिपोर्टमा सबै कुरा ठिक हुन्छ, मान्छे पनि भौतिकरूपमा स्वास्थ्य हुन्छ तापनि ऊ आफू विमारी भएको भन्छ । कहिले ल्याबको रिपोर्टबाट मान्छे विरामी भएको देखिन्छ तर उसलाई देखेर लाग्दैन उ विरामी छ । मनुष्य भौतिक र अभौतिकको जोड हो ।
अहिले विज्ञानको युग चलिरहेको छ । तर्क र प्रमाणको कुरा बुझाउन सजिलो छ, दुःख र कष्ट त सबैले भोगेका छन् ्र त्यहीभएर बुद्धको कुरा फैलाउन सजिलो हुन्छ । विज्ञानको विकास मनुष्यको आवश्यक्ता लागि थियो ्र तर अहिले विज्ञानको विकाशमा मनुष्यको स्थान बहुत सानो भइसकेको छ । विज्ञानको उपकरण वा विकाश गलत काममा उपयोग भयो भने मनुष्यको अस्तित्व नै शुन्य हुने सम्भावन पनि छ । यसको सम्भावन त्यत्तिवेला झन् बढनेछ, जब त्यो उपकरण चलाउने अधिकार राजनीतिकसँग हुन्छ । त्यही भएर बुद्ध शान्तिको कुरा गर्नुहुन्छ । त्यो युद्ध जसबाट मनुष्यको पतन सम्भव छ, त्यसको अनुभवको कारण बुद्धले शान्तिको कुरा गर्नु भएको छ ।
गौतम बुद्धका शिक्षाले संसारलाई शान्तिको मार्गको साथै नेपाललाई आर्थिक उन्नतिको नयाँ क्षितिजमा पुर्‍याउन सक्ने सम्भावना पनि उत्तिकै छ । योग, ध्यान र आध्यात्मिक खोजको केन्द्रका रूपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्न सके, यसले शान्तिको सन्देश मात्र होइन, नेपालको आर्थिक पक्षलाई पनि नयाँ उचाइमा पुर्‍याउनेछ । ‘बुद्धका लागि संसार, संसारका लागि नेपाल’ भन्ने नारालाई साकार पार्न अब नेपालले ठोस योजना र पहल शुरु गर्नुपर्ने बेला आएको छ ।
बुद्धका विचार र शिक्षाको महत्व संसारभरि बढाउँदै लैजानु पर्नेहुन्छ । आजका दिनमा युद्ध, द्वन्द्व र अन्यायले ग्रसित विश्वलाई बुद्धका शान्ति र करुणाका सन्देशहरूले मार्गदर्शन गर्ने सम्भावन धेरै छ ।  ‘संसारको लागि बुद्ध’ भनेको मानव सभ्यताको भविष्यका लागि एक प्रकाश स्तम्भ बनाउने काम हामीले गर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध