कपिलबस्तु, पुस १५ गते । सशस्त्र प्रहरी बलले आफ्नो १८ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुले विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
सो अवसरमा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसिनाले सशस्त्र प्रहरीले संगठनको निति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनुभयो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
समयमा आर्जन गरेको पेशागत सफलताले राज्यका सुरक्षा समयन्त्र विच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाई छ ।
कार्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत हुनु पर्ने उहाँले बताउनुभयो । उहांले उच्चकोटीको अनुशासन, व्यवसाहिक सिप र कौशलबाट नै संगठनको प्रतिष्ठा अभिबृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुीदप पौडेलले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको महात्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधनको सुरक्षा गर्न सशस्त्र प्रहरीको अहम्भुमिका रहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले सिमा अपराध नियन्त्रण, सिमा अतिक्रमण र राजश्व चुहावट नियन्त्रण गरी उल्लेखिए कार्य गर्दै आइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुका प्रमुख एवम् सशस्त्र प्रहरी उपरिक्षक राम जंग पाण्डेले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा रक्तदान, खेलकुद प्रतियोगिता लगायतको कार्यक्रमहरु गरिएको थियो ।