Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्‍याएको छ: मुख्यमन्त्री आचार्य

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्‍याएको छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरूका लागि नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्‍याएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताउनुभयो ।

‘‘अमानवीय वर व्यवहारले मानिसलाई सडकमा पुर्‍याएको छ । यस्ता समस्या समाधानका लागि मानिसमा चेतना बढाउन जरुरी छ ।,’’ उहाँले भन्नुभयो, ‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ ? कारण खोजेर चेतना अभिवृद्धिका लागि ध्यान दिन जरुरी छ ।’’

संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

‘‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामिले त्यो जिम्मेवारी निर्वाह गर्छौं ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’’

सरकार सबैको हो भन्ने महसुस गराउने गरी काम भइरहेको, मानव कल्याणका लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्नुहुँदै उहाँले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ति भएको खण्डमा भवन निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाउनुभयो । घर परिवारमा मनाउने उत्सवहरू समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आचार्यले आह्वान समेत गर्नुभयो ।

पालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताउनुभयो ।

कानुनी जटिलता फुकाउँदै मानव कल्याणका कामहरूलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिनुभयो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महसुस गर्नेगरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य इन्द्रजित थारूले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी राज्यको भएको बताउनुभयो । निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाका लागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध