सुग्रिव बरई
कपिलबस्तु, पुस २३ गते । कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ मा महिलाहरूको आर्थिक सशक्तिकरण र आत्मनिर्भरता प्रवद्र्धन गर्न एक महिने सिलाई–कटाई तालिम सम्पन्न भएको छ । यस तालिममा वडाभरिका ४१ जना महिलाहरूको सहभागिता रहेको थियो ।
महिलाहरूलाई व्यवसायिक सीप प्रदान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्ष असफाक अहमद मुसलमानले महिलाहरूको सशक्तिकरणका लागि वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले सीप सिकेर महिलाहरूले आफ्नो जीवनस्तर सुधार्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै वडा सचिव शिव गुलाम कलवारले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनीहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तालिमबाट आफ्नो व्यावसायिक यात्रा सुरुवात गर्न प्रेरणा प्राप्त भएको बताउँदै यस्ता तालिमले महिलाहरूलाई स्वरोजगार बनाउन मद्दत पु¥याउने सहभागि दुर्गावती कहांरले बताउनुभयो । एक महिने तालिमको प्रशिक्षण मनिषा कोहारले गर्नु भएको थियो । तालिम मायादेवी गाँउपालिका वडा नं. ४ को सहयोग र सुदीप कम्प्युटर एजुकेशन सेन्टरको व्यवस्थापनमा भएको हो ।