तौलिहवा(कपिलबस्तु), फागुन ५ गते । आगामी फागुन ७ गते तौलिहवामा “बजाज माइलेज च्याम्पियन“ प्रतियोगिता आयोजना हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न केदारनाथ अटोमोबाइल्स तौलिहवाले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगिता बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
आयोजकका अनुसार यो प्रतियोगिताले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई उजागर गर्दै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्नेछ । प्रतियोगितामा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी चालकहरूले न्यूनतम इन्धन प्रयोग गरी अधिकतम दूरी तय गर्ने लक्ष्य राखी प्रतिस्पर्धा गर्नेछन् ।
बजाजका मोटरसाइकल मध्ये प्लाटिना अधिकतम माइलेज दिने मोटरसाइकलका रूपमा चिनिन्छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यो मोटरसाइकल ग्राहकवर्गमा निकै लोकप्रिय बन्दै गएको छ । बजाजका क्षेत्रीय प्रमुख प्रकाश शर्माका अनुसार कार्यक्रमले मोटरसाइकलको विशेषता र इन्धन दक्षताबारे आम उपभोक्तालाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा सहभागी उत्कृष्ट चालकहरूलाई विशेष पुरस्कार प्रदान गरिने उहाँको भनाई छ । आयोजकले आम ग्राहक वर्गलाई कार्यक्रममा सहभागी भइ प्लाटिना मोटरसाइकलको दक्षता अनुभव गर्न आग्रह गरेको छ ।
केदारनाथ अटोमोबाइल्स तौलिहवाका डिलर विनोद पाठकले कार्यक्रममा सम्पूर्ण मोटरसाइकल प्रेमीहरूलाई उपस्थित भई प्रतिस्पर्धा र अनुभव साटासाट गर्न अनुरोध समेत गर्नुभएको छ ।