कपिलबस्तु, फागुन २१ गते । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु नगरपालिकामा विकासको गतिलाई तीब्र बनाईने बताएका छन् । उनले आफ्नो पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
१७ औं नगर सभामा बोल्दै उनले नगरपालिका निःशुल्क शिक्षा र स्वास्थ्य विमाको रकममा आधा रकम नगरले दिएको बताए । भिक्षु चोक देखि बिजगौरी सम्म बाटो पक्की बनेको, नगर भित्र अधुरा रहेको बाटो घाटो निर्माणका काम समेत गरिएको उनले बताए । उनले नगरको विकास नै आप्mनो प्रमुख ध्येय रहेको भन्दै यसमा सबैले साथ दिन आग्रह गरे ।
विकासमा सबैले हातोमालो गर्नु पर्ने अब सबै मिलेर जानु पर्ने उनले बताए । सो सभामा बिनियोजन ऐन २०८१ लाई संशोधन समेत गर्न बनेको पुरक बिनियोजन बिधेयकलाई नगर उप प्रमुख सुनिता गुप्ताले पेश गरेकी थिईन । जुन सर्व सम्मतरुपमा पास भएको थियो र बिभिन्न शीर्षक गरी साढे ८ करोडको संशोधित अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले नगरपालिकामा सबै मिलेर अघि बढनु पर्ने बताए । उनले कर्मचारीले खाईपाई आएको सुबिधा कटौती गर्न नहुने बताए । उनले सबैले अब नगरपालिकाको कामलाई परिणाम मुखी बनाउनु पर्ने बताए ।
सो अवसरमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले नगरपालिकाको कामलाई अब तिब्र गतिमा अघि बढाउनु पर्ने बताए । उनले काम मिलेर काम गर्नु पर्ने बताए । कार्यक्रममा वडा नम्बर ४ का सदस्य रामबृक्ष यादव लगायले समेत मिलेर जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेल, वडाध्यक्षहरु मोहम्मद जाहिद खां, अशोक कुमार गुप्ता, रविन्द्र प्रताप तिवारी, दिरेप चौधरी, राजजित कुर्मी, इन्द्रमणि कुर्मी, शिव कुमार पाण्डेय, राम गोपाल यादव र इन्सान अलि धुनिया, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका सहभागीता थियो ।