Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विश्व वातावरण दिवसमा यशोधराको खोरियामा बाँस वृक्षारोपण

विश्व वातावरण दिवसमा यशोधराको खोरियामा बाँस वृक्षारोपण

कपिलबस्तु, जेठ २२ गते । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ८ स्थित खोरियामा ५३ औँ विश्व वातावरण दिवस को अवसरमा “बाणगंगा खोलाको कटान न्यूनीकरण” गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
दलित सामाजिक विकास केन्द्रको आयोजनामा तथा युनाइटेड मिसन टु नेपालको सहयोग र यशोधरा गाउँपालिका तथा सशस्त्र प्रहरी बलको सहकार्यमा भएको कार्यक्रममा पाँच सय बढी बाँसका बिरुवा रोपिएको हो ।
खोलाको किनारमा भइरहेको बाढी र कटानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बाँस जस्तो बलियो र पर्यावरणमैत्री वनस्पतिको प्रयोग गरिएको हो । बाँसको जराले माटो समातेर भचयकष्यल (कटान) रोक्ने भएकाले खोलाका किनारमा यसको वृक्षारोपण प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सो अवसरमा बोल्दै वडा नं. ८ का वडाध्यक्ष सहाबुद्दीन मुसलमानले वातावरण संरक्षणको महत्त्वमाथि प्रकाश पार्दै सामुदायिक सहभागिताले मात्र दीगो विकास सम्भव हुने बताए । यशोधरा गाउँपालिकाको सामाजिक शाखा प्रमुख कृष्णनाथ पाण्डेले यस्तो किसिमका कार्यक्रमले वातावरणीय चेतना फैलाउनुका साथै जलवायु परिवर्तनसँग जुझ्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
सशस्त्र सीमाबलका निरीक्षकले सुरक्षाकर्मीहरू केवल शान्ति सुरक्षामा मात्र सीमित नरही वातावरणीय संरक्षणमा पनि सक्रिय रहनुपर्छ भन्ने सन्देश दिएको बताए ।
दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीले समुदाय मैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिँदै वातावरण, विपद् र जलवायु परिवर्तनसँग जुझ्न तयार रहनुपर्ने आवश्यकता औंल्याइन् ।
साथै उत्तम सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष श्यामु कोरीले बाढी, डुबान, कटान जस्ता प्राकृतिक समस्या समाधान गर्न सामुदायिक समन्वय, पूर्वतयारी र दीर्घकालीन सोच आवश्यक रहेको बताए ।
कार्यक्रमले वातावरण संरक्षण, जैविक विविधता प्रवद्र्धन, तथा बाढी कटान न्यूनीकरणका पक्षमा सकारात्मक सन्देश दिएको छ । बाँसको वृक्षारोपणले खोलाको तटीय भागमा हरियाली विस्तार गर्न मात्र नभई, भविष्यमा पर्यावरणीय संकट न्यूनीकरणमा समेत सहयोग पु¥याउने विश्वास लिइएको छ ।
कार्यक्रममा कार्यकारी निर्देशक राम शरण रैदास, परियोजना अधिकृतहरू रमेश प्रसाद कुर्मी, गोविन्द धवल, बिन्दबासनी हरिजन, फिल्ड सुपरभाइजर लग्गन हरिजन, स्थानीय खोरिया समुदायका बासिन्दा, युवा समूह, सामुदायिक संस्था, सुरक्षा निकाय, स्थानीय जन प्रतिनिधि तथा परियोजनाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध