Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

गिलले २ सय ६९ रन बनाउँदा तोडेका कीर्तिमानहरू

गिलले २ सय ६९ रन बनाउँदा तोडेका कीर्तिमानहरू

तस्वीर : क्रिकइन्फाे

घरेलु टोली इङ्ग्ल्यान्डसँग बर्मिङ्घममा भइरहेको दोस्रो टेस्टको पहिलो पारीमा भारतीय कप्तान शुभमन गिलले ऐतिहासिक २ सय ६९ रन बनाउँदै विभिन्न कीर्तिमान तोडेका छन् ।

यो रन टेस्टमा भारतीय कप्तानले बनाएको अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकासँगको खेलमा विराट कोहलीले नटआउट २ सय ५४ रन बनाएका थिए ।

यस्तै गिलको २ सय ६९ रन एशियाबाहिर कुनै पनि भारतीय ब्याटरले बनाएको सबैभन्दा धेरै रन हो । यसअघि सन् २००४ मा सिड्नीमा अस्ट्रेलियासँगको खेलमा सचिन तेन्दुलकरले नटआउट २ सय ४९ रन बनाएका थिए ।

यस्तै घरबाहिर भएको टेस्टमा भारतीय ब्याटरले बनाएको सबैभन्दा धेरै रन हो । यसअघि सन् २००४ मा पाकिस्तानसँगको खेलमा मुल्तानमा वीरेन्द्र सहवागले ३ सय ९ र राहुल द्रभिडले २ सय ७० रन बनाएका थिए ।

यस्तै गिलभन्दा अघि इङ्ग्ल्यान्डमा केवल दुई जना भारतीयले दोहोरो शतक बनाएका थिए । यसअघि सन् १९७९ मा सुनिल गाभस्करले २ सय २१ र सन् २००२ मा राहुल द्रभिडले २ सय १७ रन बनाएका थिए । दुवै ब्याटरले ओभलमा शतक बनाएका थिए ।

समग्रमा गिलको २ सय ६९ रन टेस्ट क्रिकेटमा भारतका लागि सातौं सर्वाधिक व्यक्तिगत रन हो ।

बर्मिङ्घममा भएको टेस्टमा यसअघि दुई जना विदेशी ब्याटरले दोहोरो शतक बनाएका थिए । सन् २००३ मा दक्षिण अफ्रिकाका ग्राम स्मिथले २ सय ७७ रन र सन् १९७१ मा पाकिस्तानका जहीर अब्बासले २ सय ७४ रन बनाएका थिए ।

गिलको २६९ रन इङ्ग्ल्यान्डमा विदेशी ब्याटरले बनाएको आठौं सर्वाधिक रन हो ।

कप्तानका रूपमा पहिलो दुई टेस्टमा शतक बनाउने गिल सातौं ब्याटर बनेका छन् । पछिल्ला ६ मध्ये ३ जना भारतीय छन् जसमा विजय हजारे, सुनिल गाभस्कर र विराट कोहली समावेश छन् । यस्तै दक्षिण अफ्रिकाका ज्याकी म्याकग्लु, इङ्ग्ल्यान्डका एलिस्टेयर कुक र अस्ट्रेलियाका स्टिभ स्मिथ छन् ।

योसँगै ५ जना ब्याटरले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दुवैमा दोहोरो शतक बनाएका छन् । गिलसहित सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, रोहित शर्मा र क्रिस गेलले दुवै फर्म्याटमा दोहोरो शतक बनाएका छन् ।

विपक्षी टोलीले पहिलो ब्याटिङ गर्न निम्ता दिएपछि गिलको २ सय ६९ रन भारतीय ब्याटरले बनाएको सबैभन्दा धेरै रन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध