Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

एसपीलाई गालीगलौज गर्ने जसपा प्रदेश अध्यक्ष यादव विरुद्ध पक्राउ पुर्जी जारी

एसपीलाई गालीगलौज गर्ने जसपा प्रदेश अध्यक्ष यादव विरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही, असार २० गते । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोकुमार यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गाली गलौचमा उत्रनुभएका यादवलाई अदालतले शुक्रवार पक्राउ पुर्जी जारी गरेको हो । सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले आपराधिक उपद्रो कसुरमा यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको गोरखापत्र अनलाइनसँग बताउनुभयो ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरीका प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पूर्व मधेस प्रदेश सभा सदस्य समेत रहनुभएका यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौज भएको थियो ।

सदरमुकाम मलङ्गवास्थित पूर्वाधार कार्यालयमा प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेस प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई टेलिफोन गरेर आपत्ति जनाउनुभएको थियो । कुराकानीमा जसपा प्रदेश अध्यक्ष यादवले पूर्वाधार कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढङ्गले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भनेको सुनिन्छ ।

कुराकानीकै क्रममा यादवले एसपी खड्कालाई ‘तिमीहरू लुटेरा, मदेसमा कमाउन भनेर आएको’ भनेको सुनिन्छ । त्यसपछि जसपाका प्रदेश अध्यक्ष यादव र एसपी खड्काबिच अपशब्द प्रयोग गर्दै बाझाबाझ गरेको टेलिफोन अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

आफूमाथि गालीगलौज भएपछि जिल्ला प्रहरी प्रमुख खड्काले यादवलाई पक्राउ गर्न बिहीबार राति नै कविलासी नगरपालिका–१०, सलेमपुरस्थित जसपा प्रदेश अध्यक्ष यादवको घरमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईको नेतृत्वमा प्रहरी परिचालन गर्नुभएको थियो । डिएसपी राईको नेतृत्वमा सलेमपुर पुगेको प्रहरी टोलीलाई यादवका समर्थकले अवरोध गरे ।

यादवलाई पक्राउ गर्न जाँदा प्रहरीको गाडीमा तोडफोडसमेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी समेत रहनुभएका डिएसपी राईले बताउनुभयो । प्रहरीले जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न शुक्रवार बिहानैदेखि खोजी गरिरहेको छ ।

असार १२ गते पूर्वाधार विकास कार्यालय मलङ्गवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइनल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेस प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ ।

यादवले भने आम जनताको गुनासो र आवाजलाई सम्बोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो गर्नुभएको छ । पक्राउ पुर्जी जारी भएपछि गोरखापत्र अनलाइनसँग कुरा गर्दै यादवले पूर्वाधार कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफू विरुद्ध लागेको यादवको भनाइ छ ।

जसपा सर्लाहीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले पार्टीका प्रदेश अध्यक्ष यादवमाथि दुर्व्यवहार गरेको र ढाका शैलीमा मध्य राति प्रहरी घरभित्र प्रवेश गरेको आरोप लगाएको छ । जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले हस्ताक्षर गरी जारी गर्नुभएको प्रेस विज्ञप्तिमा गल्ती गर्ने प्रहरी प्रमुखले माफी माग्नुपर्ने माग राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध