Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको छ ।

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गर्नुभएको हो ।

प्राविधिक विषयको अध्ययन गरेपछि बेरोजगार बस्नुपर्दैन । कसैले रोजगारी पाउँछ, कसैले आफैँ उद्यम सुरु गर्छ । त्यसैले विद्यार्थीहरूलाई सिप सिकाउने कार्यमा शिक्षालयहरू अझ सक्रिय हुन जरुरी छ,´ उहाँले भन्नुभयो- सिपयुक्त व्यक्ति कहिल्यै भौतारिरहनु पर्दैन । ऊ जुनसुकै स्थानमा भए पनि पेशा, व्यवसाय वा उद्यममार्फत जीवन निर्वाह गर्न सक्षम हुन्छ ।´

मुख्यमन्त्री आचार्यले शिक्षालयहरूलाई अध्यापन गराइने विषय र हासिल गरिएका उपलब्धिबारे व्यापक प्रचारप्रसार गर्न निर्देशन दिनुभयो । `हामीले गरेका कामबारे जनतालाई जानकारी दिन जरूरी छ । विद्यार्थीहरूलाई आकर्षित गर्न प्रचारप्रसार मुख्य माध्यम हो,´ उहाँको भनाइ थियो ।

उहाँले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षालयहरूलाई पनि सोही अनुरूप शिक्षण प्रक्रियालाई तीव्र बनाउन आग्रह गर्नुभयो ।

शिक्षालयका प्रमुख नवीन किशोर गैह्रेले पछिल्ला दिनमा विद्यार्थी संख्या घट्दै गएको र विद्यार्थीलाई थप आकर्षित गर्नेगरी भूमिका बढाउन थालिएको जानकारी दिनुभएको थियाे ।

शिक्षालयका विद्यार्थीहरूले प्रयोगात्मक कक्षामा दुनाटपरी बनाउने औजारदेखि पनिर च्याप्ने उपकरणसम्मको निर्माण गरेका छन् । तयार पारिएका उपकरणकाे बारेमा अनुगमनकाे क्रममा चर्चा गरिएको थियाे ।

मुख्यमन्त्री आचार्यले शिक्षालयको निरीक्षण गर्दै अध्ययन–अध्यापनलाई अझ प्रभावकारी बनाउन, विद्यार्थीको मागअनुसार नयाँ विषयहरू थप गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षालयमा विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, यांत्रिक इन्जिनियरिङ, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, सूचना प्रविधि इन्जिनियरिङ लगायत बिषयमा लामाे तथा अवधिकाे पढाइ हुँदै आएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध