कपिलवस्तु, भदौ ६ गते । तौलिहवास्थित केदारनाथ अटोमोबाइल्सले भदौ ८ गतेदेखि १३ गतेसम्म ‘बजाज साटा–साट’ अफर सञ्चालनमा ल्याएको छ । अफर अन्तर्गत पुरानो बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।
कम्पनीका सञ्चालक विनोद पाठकका अनुसार अफरमा बाइक लिँदा केवल नागरिकता प्रमाणपत्र आवश्यक रहेको बताउनुभयो । साथै तत्कालै फाइनान्स सुविधा उपलब्ध हुने र कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।
ग्राहकका लागि पुरानो बाइकमा अतिरिक्त मूल्याङ्कन दश हजार, आकर्षक नगद छुट र निःशुल्क एसेसरीज लगयतको विशेष सुविधा रहने सञ्चालक पाठको भनाई छ ।
सञ्चालक पाठकले भने, “ग्राहकलाई सहज र आकर्षक योजनासहित बजाज बाइक उपलब्ध गराउन यो अफर ल्याइएको हो । यसले तौलिहवा सहित आसपासका क्षेत्रमा नयाँ बाइक खरिद गर्ने ग्राहकलाई थप सुविधा दिने विश्वास लिएका छौं ।”
कार्यक्रम तौलिहवास्थित बुद्ध पदम माध्यमिक विद्यालय अगाडि हुने छ । अफरमा बजाजका लोकप्रिय मोडलहरू — पल्सर एनएस २००, एन १६० र एन १२५ — प्रदर्शनीमा राखिएका छन् ।









































