Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

वासिङ्टन, पुस २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनु भएको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ । यस घोषणाले डेनमार्क, नाटो सदस्य राष्ट्र र अमेरिकाभित्र राजनीतिक क्षेत्रमा विवाद उत्पन्न गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रिनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उहाँको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको र आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने स्पष्ट पार्नु भएको छ । उहाँका अनुसार, रुस र चीन जस्ता विरोधी शक्तिले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योजना रणनीतिक रूपमा महत्वपूर्ण छ ।

वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पको प्राथमिक विचार भने डेनमार्कबाट ग्रिनल्यान्ड खरीद गर्नु हो, जसले तत्काल सैन्य आक्रमणको सङ्केत नदिने जनाएको छ । यद्यपि डेनमार्कले टापुमा बलपूर्वक कब्जा गर्ने कुनै पनि कदमले नाटो गठबन्धनको सुरक्षा संरचना र दशकौँदेखिको ट्रान्साटलान्टिक सम्बन्धलाई गम्भीर खतरा पुर्याउने चेतावनी दिएको छ । नाटोको धारा ५ ले सदस्य राष्ट्रमाथि आक्रमण भएमा समग्र सुरक्षा सुनिश्चित गर्ने वाचा गरेको हुँदा ग्रिनल्यान्डमाथि सैन्य कारबाहीले गठबन्धनलाई परीक्षणमा राख्ने विश्लेषकको भनाइ छ ।

ग्रिनल्यान्डमा हाल अमेरिकी सेनाका करिब १५० जना कर्मचारी तैनाथ छन् र स्थानीय टापुबासी तथा व्यावसायिक सङ्घले ट्रम्पको प्रस्ताव अस्वीकार्य र असभ्य भएको प्रतिक्रिया दिएका छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले टापुको भविष्य केवल त्यहाँका ५७ हजार बासिन्दाले निर्णय गर्ने भन्दै यसमा कुनै बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ ।

फ्रान्स, बेलायत, जर्मनी, इटाली, पोल्यान्ड र स्पेनसहितका युरोपेली नेताले डेनमार्कसँग मिलेर ‘सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सिमानाको अलङ्घनीयता’ को रक्षा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पका दूतसँग संवाद गर्दै विवाद कम गर्ने प्रयास गर्नु भएको छ ।

अमेरिकाभित्रै पनि डेमोक्रेट र केही रिपब्लिकन सांसदले ट्रम्पको सैन्य विकल्पलाई गैरजरुरी र खतरनाक भन्दै विरोध जनाएका छन् । एरिजोनाका डेमोक्रेट सिनेटर रुबेन गालेगोले ट्रम्पलाई ग्रिनल्यान्डमा आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पेश गर्ने वाचा गर्नु भएको छ । रिपब्लिकन नेता माइक जोनसन, जेरी मोरान र डन बेकनले समेत यस कदमलाई मूर्खतापूर्ण र नाटोको पतन निम्त्याउने चेतावनी दिनु भएको छ ।

विश्लेषकका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने योजना, भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोको कब्जा र आर्कटिक क्षेत्रमा खनिज तथा रणनीतिक स्रोतको महत्वले संयुक्त राज्य अमेरिका र युरोपेली देशबिच कूटनीतिक तनाव र सुरक्षा सन्तुलनमा नयाँ चुनौती सिर्जना गरेको छ । यसले दुई पक्षबिच सम्बन्ध तनावपूर्ण बनाएको र सुरक्षा रणनीतिमा असुरक्षा बढाएको विश्लेषकले बताएका छन् । रासस/एएफपी 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध