Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

दश करोड रुपैयाँभन्दा बढीमा भीरकोटका सुन्तला बिक्री

दश करोड रुपैयाँभन्दा बढीमा भीरकोटका सुन्तला बिक्री

वालिङ (स्याङ्जा)- स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड रुपैयाँभन्दा बढी भित्रिएको हो ।

वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट दश करोड रुपैयाँको बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिनुभयो । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उहाँले बताउनुभयो ।

सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको ७० रुपैयाँका दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उहाँले भन्नुभयो, “वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुने छ ।”

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो । आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा पन्ध्र हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उहाँले बताउनुभयो ।

“यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ”, उहाँले भन्नुभयो, “ज्याला, ढुवानीसहित हाल प्रतिकेजी ७० रुपैयाँका दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।”

भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष १५ लाख रुपैयाँ बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँले अहिले प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहनुभएको छ । सोही वडाको लोलुङ्गाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष १५ लाख रुपैयाँ बढीको सुन्तला बिक्री गर्नुभएको छ । यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुनेक्रममा छन् ।

स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोड रुपैयाँ मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष २० करोड रुपैयाँ बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

ताजा समाचार

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध