Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

१५७ जना जेनजी उम्मेदवार


१५७ जना जेनजी उम्मेदवार

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा १५७ जना जेनजी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको १६५ सिटका लागि ३ हजार ४८७ जना उम्मेदवार छन् । यसमध्ये १५७ जना २८ वर्षसम्मका छन् । जसमा ९४ जना स्वतन्त्र छन् । बाँकी दलीय उम्मेदवार हुन् ।

निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता जेनजी उमेर समूहका हुन् । उनी सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट उम्मेदवार छन् । उनले मन्त्री पदबाट राजीनामा उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासमुखी राजनीति स्थापनाका लागि समर्पित रहेको बताएका थिए । गुप्ता अन्तरिम सरकारमा पनि जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै खेलकुद मन्त्री बनेका थिए ।

रास्वपाबाट धेरै, दोस्रोमा उनेपा र नेमकिपा

दलगत रूपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ जना जेनजी उमेर समूहका व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । जसमा २८ वर्षीय बब्लु सिरहा–१, २८ वर्षीय सुरेन्द्र कार्की तेह्रथुम, २५ वर्षीय प्रशान्त उप्रेती मकवानपुर–१, २६ वर्षीय मनिष खनाल नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०बाट उम्मेदवार छन् ।

२८ वर्षीय सुलभ खरेल रुपन्देही–२, २५ वर्षीय भुवन टमाटा मुगु, २६ वर्षीय टासी ल्हान्जोम हुम्ला, २७ वर्षीय ओमप्रकाश रावल अछाम–१ र २६ वर्षीय केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

रास्वपापछि धेरै जेनजी उमेर समूहका उम्मेदवार उठाउने दल हो– उज्यालो नेपाल पार्टी ९उनेपा० र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० । यी दुवै दलले जेनजी उमेर समूहका सातरसात जनालाई उम्मेदवार बनाएका छन् ।

उनेपाले २५ वर्षीय बसन्त बुढाथोकीलाई मोरङ–६, २७ वर्षीय गोपाल तामाङलाई सुनसरी–२, २६ वर्षीय किशोरी कार्कीलाई ओखलढुंगामा उम्मेदवार बनाएको छ । यस्तै, उनेपाबाट २६ वर्षीय श्रवण पासवान सिरहा–३, २८ वर्षीय मनोजकुमार गुप्ता महोत्तरी–१, २५ वर्षीय रामाकान्तप्रसाद पटेल रौतहट–२ र २८ वर्षीय राजेश रावल अछाम–२ मा उम्मेदवार रहेका छन् ।

नेमकिपाबाट २५ वर्षीय गंगाकुमारी राजवंशी मोरङ–५, २५ वर्षीय निलमकुमारी यादव सप्तरी–२, २६ वर्षीय राजु तामाङ काभ्रेपलाञ्चोक–२, २७ वर्षीय सुग्रिम चाई रुपन्देही–३, २६ वर्षीय सुरेन्द्र शाही अछाम–१, २५ वर्षीय सुनिता भण्डारी कैलाली–१ र २८ वर्षीय तृषण पुनमगर कैलाली–५ बाट उम्मेदवार छन् ।

राष्ट्रिय परिवर्तन पार्टीले जेनजी उमेर समूहका चार जनालाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

यो पार्टीबाट २६ वर्षीय उषालक्ष्‍मी तुम्वाहाङफे तेह्रथुम, २५ वर्षीय शालिकराम राई धनकुटा, २५ वर्षीय मिरेश राई खोटाङ र २६ वर्षीय अरुण राई उदयपुर–२ मा उम्मेदवार रहेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २७ वर्षीय सुशान्त साम्पङ राईलाई झापा–५ मा उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र जनमत पार्टीबाट तीनरतीन जना जेनजी उमेर समूहका उम्मेदवार छन् ।

राप्रपाबाट जेनजी उमेर समूहका उम्मेदवारहरू हुन्– सविन निरौला, अजयकुमार दास र रवि हमाल ठकुरी । निरौला मोरङ–६, दास सप्तरी–२ र ठकुरी सुर्खेत–१ बाट उम्मेदवार बनेका हुन् ।

श्रम संस्कृति पार्टीले २६ वर्षीय पंकज ठाकुरलाई सिराहा–४ मा उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीबाट यो उमेर समूहका २८ वर्षीय वसिम शेष पर्सा–१, २८ वर्षीय महेन्द्र पुन मगर डडेलधुराबाट उम्मेदवार छन् ।

जनमत पार्टीबाट जेनजी उमेर समूहका उम्मेदवारहरू हुन्– २७ वर्षीय वीरेन्द्र महतो, २८ वर्षीय सोनु कुशवाह र २८ वर्षीय रामकल्याण रावत । महतो महोत्तरी–१, कुशवाह रौतहट–२ र रावत रौतहट–४ मा उम्मेदवार छन् ।

जेनजीमा पनि महिला न्यून

विभिन्न राजनीतिक र स्वतन्त्रबाट जेनजी उमेर समूहका १५७ जना उम्मेदवार रहँदा महिलाको संख्या केवल १५ जना छ । बाँकी ४२ जना पुरुष उम्मेदवार छन् ।

निर्वाचन आयोगका अनुसार कूल तीन हजार ४८७ मा महिला उम्मेदवारको संख्या ३९५ छ । बाँकी तीन हजार ९२ जना पुरुष उम्मेदवार छन् । अर्थात्, महिला उम्मेदवार केवल ११।३२ प्रतिशत उम्मेदवार छन् । जबकि, पुरुष उम्मेदवारको संख्या ८८।६७ प्रतिशत छ ।

जेनजी उमेर समूहको उम्मेदवारको प्रतिशत कूल उम्मेदवारमा रहेको महिला र पुरुषको अनुपात अझ बढी छ । १५७ मा १५ जना महिला उम्मेदवार छन् । यो केवल ९।५५ प्रतिशत हो । जेनजी उमेर समूहबाट उम्मेदवार रहेका पुरुषको संख्या भने ९०।४४ प्रतिशत छ ।

अध्यापक डा। मीना पौडेल महिला उम्मेदवार हुनु र नहुनुमा समय नभएर चेतना महत्वपूर्ण रहेको बताउँछिन् ।

‘जेनजी पनि यही समाजका उत्पादन हुन् । यही समाजमा सामाजिकीकरण गरेर हुर्काइएका हुन्,’ उनी भन्छिन्, ‘जबसम्म महिलाको सार्वभौम अस्तित्व र विचारलाइ स्वीकार गरिँदैन तबसम्म उनीहरूलाई सहायकको रूपमा राखिन्छ । महिलालाई मूलधारमा नल्याउने र आउन नदिने मूल कारण यही हो । यो संरचनात्मक कारण हो ।’

संरचनात्मक रूपमै परिवर्तन नहुँदासम्म महिलाको उपस्थिति र नेतृत्वको विषय व्यवहारमा देखिन गाह्रो हुने उनको बुझाइ छ ।

‘हिजो आन्दोलनमा नेतृत्व गरेको भन्नुको अर्थ छैन । नयाँ र पुराना भन्नुको पनि अर्थ छैन । किनभने, यो चेतनाको कुरा हो,’ उनी भन्छिन्, ‘उमेरको हिसाबले नयाँ पुस्ता हो । तर हुर्काइ र चेतानामा हिजोकै निरन्तरता छ । जो विभिन्न रूपमा प्रकट हुन्छ र हुँदै आएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध