Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

बाणगंगा (कपिलवस्तु), माघ — कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २८ वर्षको सफल यात्रा पूरा गरेको अवसरमा प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत तथा तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

बाणगंगा नगरपालिका–४ मा आयोजित कार्यक्रममा खेलकुद सप्ताहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयले प्राविधिक शिक्षा देशको विकासको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सिकेको ज्ञान र सीपलाई समाजको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले अनुशासन, मेहनत र समर्पणका साथ अध्ययनमा लाग्न नयाँ विद्यार्थीहरूलाई सुझाव दिनुका साथै विदाई हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

प्रतिष्ठानमा हाल एच.ए., फार्मेसी, फिजियोथेरापी, ल्याब टेक्निसियन तथा अमिन विषयको अध्यापन हुँदै आएको छ। प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाइएको छ।

कार्यक्रममा प्रशिक्षक अजय प्रताप सिंह पानले सिद्धान्त र व्यवहारिक ज्ञानको समन्वय आवश्यक रहेको बताउनुभयो। प्रशिक्षक भगवती तिवारीले नैतिकता र जिम्मेवारीको महत्व औंल्याउनुभयो भने प्रशिक्षक कल्पना पाण्डेले निरन्तर सिकाइलाई प्राथमिकता दिन सुझाव दिनुभयो। प्रशिक्षक विक्रम घिमिरेले आत्मविश्वास र मेहनत सफलताको आधार भएको उल्लेख गर्नुभयो।

लेखा प्रमुख नन्दराम पौडेलले समाजसेवामा सीपको उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। प्रिन्सिपल अर्जुन पौडेलले सकारात्मक सोच र दृढ संकल्पले लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताउनुभयो। डा. अभिशेष खरेलले नयाँ शैक्षिक यात्रामा प्रवेश गर्नेहरूलाई स्वागत तथा अध्ययन पूरा गर्नेहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

प्रतिष्ठानका प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले प्रतिष्ठानले आधुनिक शिक्षण पद्धति, अनुभवी प्रशिक्षक र पूर्वाधारमार्फत गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो। विद्यार्थीहरूको समग्र विकासमा प्रतिष्ठान प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

कार्यक्रम एच.ए. दोस्रो वर्षका सभापति अभिषेक यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यार्थी प्रतिभा थारु र अश्विन भट्टराईले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध