Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको परिवर्तनको एजेन्डा

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको परिवर्तनको एजेन्डा

कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मतदातासँग एकपटक आफूलाई अवसर दिन आग्रह गर्दै
जनताले अवसर दिए परिवर्तनको स्वरुप कस्तो हुन्छ भन्ने स्पष्ट गरिदिने उद्घोष गरेका छन् ।

उनले लामो समयदेखि कपिलवस्तुमा विकास र सुशासनका नाममा जनतालाई केवल आश्वासन मात्र बाँडिएको भन्दै अब वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्।

चुनावी अभियान अन्तर्गत विभिन्न स्थानमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै शर्माले पुरानै अनुहार र पुरानै शैलीले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरे।

उनले भने, “जनताले पटक–पटक फरक–फरक दलका उम्मेदवारलाई जिताए, तर विकासको अनुभूति अझै जनताले गर्न सकेका छैनन्। शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सिँचाइ र कृषिमा समस्या उस्तै छ। अब परिवर्तनको लागि जनताले विवेकपूर्ण निर्णय लिनुपर्छ। मलाई एक पटक मौका दिनुस्, म परिवर्तन देखाउँछु।”

उम्मेदवार शर्माले कपिलवस्तुमा बेरोजगारी ठूलो समस्या बनेको उल्लेख गर्दै युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको बताए। उनले कृषि, पर्यटन, साना उद्योग तथा व्यवसाय प्रवर्द्धन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “हाम्रो युवा विदेशमा पसिना बगाइरहेका छन्। यहाँ अवसर छैन। यदि योजनाबद्ध रूपमा काम गरियो भने कपिलवस्तुमा नै रोजगार सिर्जना गर्न सकिन्छ,” उनले भने।

त्यस्तै उनले सुशासनलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै विकास बजेट पारदर्शी रूपमा खर्च गर्ने र भ्रष्टाचार, कमिसन तथा पहुँचको राजनीति अन्त्य गर्ने दाबी गरे। “जनताले तिरेको कर र राज्यबाट आएको बजेट सही ठाउँमा खर्च हुनुपर्छ। विकासका नाममा हुने अनियमितता रोक्नुपर्छ। म निर्वाचित भए जनताको पैसाको एक–एक रुपैयाँ जनताको निगरानीमा पारदर्शी बनाउनेछु,” शर्माले बताए।

कृषि क्षेत्रका विषयमा बोल्दै उनले कपिलवस्तु उर्वर भूमि भएको जिल्ला भए पनि किसानहरू मल, बीउ, सिँचाइ र बजारको समस्याबाट पीडित रहेको बताए। किसानलाई उचित मूल्य दिलाउने, उत्पादनलाई बजारसँग जोड्ने र आधुनिक कृषि प्रणालीतर्फ लैजाने योजना रहेको उनले उल्लेख गरे। “किसानले उत्पादन गर्छ तर उचित मूल्य पाउँदैन, बिचौलियाले फाइदा लिन्छ। यो व्यवस्थालाई सुधार गर्नुपर्छ,” उनले भने।

स्वास्थ्य र शिक्षाको अवस्था सुधार गर्नुपर्नेमा जोड दिँदै शर्माले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूलाई प्रभावकारी बनाउने, आधारभूत स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने तथा विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने बताए। उनले रोजगारमुखी र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने समेत प्रतिबद्धता जनाए।

यसैबीच, चुनावी अभियानसँगै कपिलवस्तु निर्वाचन क्षेत्र नं। १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माप्रति जनचासो बढ्दै गएको देखिएको छ। स्थानीय युवा, व्यवसायी तथा सर्वसाधारणले पुरानै शैलीको राजनीतिबाट दिक्क भएर नयाँ विकल्पको खोजी गरिरहेको भन्दै यसपटक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध