Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

अर्सा र सेल रोटी बनाउन भ्याइनभ्याइ

अर्सा र सेल रोटी बनाउन भ्याइनभ्याइ

रामपुर (पाल्पा), कात्तिक १५ गते । रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिँदै गर्दा अर्सा, चिनी रोटी, सेल रोटी र बटुकको माग बढेकाले परिकार बनाएर विक्री गर्न भ्याइनभ्याइ भएको हो ।

आलेले चाडपर्व र विशेष उत्सवका लागि मात्र नभै दैनिक रुपमा रोटीको परिकार तयार गर्दै आउनुभएको छ । रोटीका परिकार तयार गरी विक्री गर्दै आउनुभएका उहाँले तिहारका लागि रोटीको माग उच्च रहेको बताउनुभयो । ‘तीजदेखि नै रोटीको माग बढ्दै गएको थियो । तिहार नजिकिँदै गर्दा माग अझ बढेको छ,’ उहाँले भन्नुभयो ।

रोटीका परिकार बनाउनका लागि अहिले उहाँको परिवारका सदस्य तथा आफन्त गरी ७ जना निरन्तर खट्दै आउनुभएको छ । अन्य समय बढीमा ४ जनाले सहजै तयार गरेर माग पूरा गर्न सकिने भए पनि अहिले माग बढेकाले ७ जनालाई पनि काम गर्न भ्याइनभ्याइ भएको आले बताउनुहुन्छ । पाँच वर्ष अघि आमा घनीमायाले सुरुवात गर्नुभएको व्यावसाय पछिल्लो समय छोरा भागीरथले सम्हाल्दै आउनुभएको छ ।

तिहार नजिकिँदै जाँदा अहिले दैनिक २५ हजारभन्दा बढीको रोटीका परिकार विक्री हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य समयमा अर्सा रोटी दैनिक ५ हजार रुपियाँको विक्री हुँदै आएको थियो । तिहार संगै २० हजार भन्दा बढीको अर्सा रोटी विक्री हुन्छ । चिनी रोटी, सेल र बटुकको परिकार पाँच हजारसम्म विक्री गर्दै आएका छौं ।’ उहाँले उहाँको आगार्निक रोटी उद्योगमा अन्य रोटीका परिकार माग अनुसार र अर्सा रोटी नियमित रुपमा तयार हुने गर्दछ । सेल रोटी र बटुक छिट्टै बिग्रिने भएकाले माग अनुसार र अर्सा लामो समयसम्म रहने हुनाले दैनिक तयार गर्दै आएको उहाँले बताउनुभयो ।

रोटीका परिकारहरु स्थानीय रुपमै पाइने गेडागुडी, चामल, खुदोबाट उहाँहरुले तयार गर्दै आउनुभएको छ । देवीस्थानमा बनेको रोटीको परिकार किन्न पाल्पाको रामपुर मात्र नभै स्याङ्जा, तनहुँ, नवलपुरका विभिन्न स्थानबाट पुग्ने गर्दछन् । अर्सा रोटीको माग बुटवल, पोखरा लगायतका सहरबाट पनि आउने गरेको उहाँले बताउनुभयो । नजिकको ग्राहकहरुलाई होम डेलिभरीमार्फत माग अनुसारको रोटी उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । थोरै रोटीका परिकार बनाउन पनि धेरै मेहेनत गर्नुपर्ने भएकाले आलेले सञ्चालन गरेको व्यवसायले थप सहज भएको देवीस्थान पुग्ने उपभोक्ताहरु बताउँछन् ।

रोटीको व्यावसायमा विक्री भएको परिकारबाट ५० प्रतिशतसम्म नाफा गर्न सकिने उहाँ बताउनुहुन्छ । ३२ वर्षीय आले व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘रोटीको व्यवसाय हाम्रो आम्दानीको माध्यम बनेको छ । संगै अर्सा, चिनी रोटी, सेल रोटी र बटुकलगायतका मौलिक परिकार नयाँ पुस्तालाई पनि चिनाउन पाएका छौं । खुशी लागेको छ ।’ व्यावसायलाई नयाँ प्रविधिसँग जोडेर उद्योगको रुपमा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध