गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका २ चिनियाँ नागरिक कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ घेराउजोतमा पक्राउ परेका छन्।
मंगलबार बिहान साढे नौ बजेको समयमा भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन्।
नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चिनियाँ नागरिकहरु ३२ वर्षीय लिजुङजुई र ३५ वर्षीय छेटाबे पक्राउ परेको प्रहरी नायब उपरिक्षक मोहनमणि ज्ञवालीले बताए। लिजुङजुईको साथबाट चिनियाँ पास्पार्ट, २ ल्याबटप, ६ वटा मोबाईल र भारतीय रुपैयाँ १४ हजार ७५० फेला परेको थियो।
यस्तै छेटाबेको पास्पोर्टको भने पास्पार्ट थिएन। ती दुई जना भारतीय सिमाबाट नेपालतर्फ गैह्रकानूनी रुपमा भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला कक्रहवा का २३ अरबाज शेषले गाईड गरी ल्याउदै गरेको अवस्थामा पक्राउ परेका थिए। अनुसन्धानको लागि तिनै जनालाई बरामद भएको सामान सहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाईएको अधिकारीले बताए।













































