Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

उपलब्धी हासिल भए पनि दल र नेताको कमजोरीका कारण असंतुष्टीःमहामन्त्री शर्मा

उपलब्धी हासिल भए पनि दल र नेताको कमजोरीका कारण असंतुष्टीःमहामन्त्री शर्मा

कपिलबस्तु, चैत २८ गते । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पार्टीको महाधिबेशन २०८४ अगावै हुने बताउनुभएको छ । नेपाली कांग्रेस कपिलबस्तु क्षेत्र नं. १ ले डुमरामा आयोजना गरेको क्षेत्रिय सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।
पार्टीको महाधिवेशनका सन्दर्भमा चैत महिनाभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने काम सम्पन्न भइसक्ने महामन्त्री शर्माले बताउनुभयो । उहाँले कांग्रेस आफैँमा बलियो हुनुपर्नेमा जोड दिँदै सबैबीच एकता र सद्भाव कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेसले आन्तरिक सुधार गर्नुपर्छ, एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले कांग्रेसलाई स्वीकार गर्नेछन्, पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेस एक बनाउने अभियानमा सबै लाग्नु पर्छ ।”
पार्टी भित्रको वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएको उहाँको भनाई छ । जनताका निराशा र असन्तुष्टि सम्बोधन गर्ने प्रमुख जिम्मेवारी राजनीतिक दलको भएको भन्दै उहाँले यसका लागि सबै दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेकोले विकासका थुप्रै संभावना समेत देखिएको बताउनुभयो । गणतन्त्र आएको करिब २० बर्षमा धेरै उपलब्धी हासिल भए पनि दल र नेताको कमजोरीका कारण असंतुष्टीको स्वर देखिएको महामन्त्री शर्माले बताउनुभयो ।
महामन्त्री शर्माले सरकारलाई स्थिर बनाउन प्रत्यक्ष निर्वाचन प्रणाली बनाई ५ बर्ष टिक्ने सरकार बनाउनु पर्ने बताउनुभयो । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री २ कार्यकाल, मन्त्री ३ कार्यकाल र सांसद चार कार्यकाल भन्दा बन्न नपाईने गरी सबै दलले प्रतिबद्धता गर्नु पर्ने बताउनुभयो ।
शिक्षकहरुको बिधेयक अब बैशाखमा बस्ने सांसदहरुको पहिलो बैठकमा टेबल हुने बताउनुभयो । उहाँले संसदीय समितिमा शिक्षा बिधेयक पुगी सकेको भन्दै सबै दलले अरुलाई दोष नललाई जिम्मेवारी ढंगले प्रस्तुत हुनु पर्ने उहाँको भनाई छ । उहाँले शिक्षा बिधेयकका बिषयमा कांग्रेसले अभिभावकीय जिम्मेवारी लिने बताउनुभयो । युवाहरुको बिदेश पालायन तत्कालै रोक्न नसकिने भन्दै उहाँले यसका लागि ढेड दशकको योजना बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री फरमुल्हा मन्सुरीले अहिले गणतन्त्रमा केही नभएको भन्दै गलत प्रचार गर्न खोजिएको बताउनुभयो । उहाँले गणतन्त्रको उपलब्धीलाई सबै मिलेर रक्षा गर्नु पर्ने बताउनुभयो ।
पार्टीका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले लाकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन खोजिएको भन्दै यो ब्यवस्थालाई सत्रबै मिलेर संस्थागत गर्नु पर्ने बताउनुभयो । पार्टी लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पार्टीलाई बिधि बिधानबाट चलाएर जनातको बिश्वास जित्नु पर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका योगदान दिएका २० पाका नेताहरुलाइ. सम्मानित समेत गरिएको थियो । क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको अध्यक्षता र कृष्ण बहादुर चौधरीको संचालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, नेतृ निमा गिरी, पार्टी जिल्ला सभापति अब्दुल कलाम खा, पुर्व पार्टी जिल्ला सभापति राजेश आचार्य, बिरेन्द्र कनौडिया लागयतका दुई दर्जन नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध