Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

नेपाल–भारतका पत्रकारद्वारा संयुक्त बौद्धधाम अध्ययन यात्रा

नेपाल–भारतका पत्रकारद्वारा संयुक्त बौद्धधाम अध्ययन यात्रा

लुम्बिनी । नेपाल र भारतका वरिष्ठ पत्रकारहरूको एक संयुक्त टोलीले चार प्रमुख बौद्ध तीर्थस्थलको सफल अध्ययन भ्रमण सम्पन्न गरेको छ। लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य तथा टोली संयोजक राजेश ज्ञवालीका अनुसार, यात्राको उद्देश्य दुई छिमेकी मुलुकबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै बुद्ध सर्किटमा पर्ने स्थानहरूको अध्ययन र प्रवर्द्धन गर्नु रहेको थियो।

ज्ञवालीले बताएअनुसार, “यो यात्रा केवल धार्मिक भ्रमण मात्र नभई, दुई देशका पत्रकारहरूबीच अनुभव साटासाट, मैत्री सम्बन्ध विस्तार र बौद्ध धर्मबारे गहिरो अनुसन्धान गर्ने अवसरसमेत बन्न पुग्यो।”

सञ्चारकर्मीहरूले नेपालका लुम्बिनी, कपिलवस्तु र देवदह तथा भारतका बोधगया, सारनाथ र कुशीनगरसहितका प्रमुख बौद्ध स्थलहरूको अवलोकन गरेका थिए। टोलीले मायादेवी मन्दिर, अशोक स्तम्भ, लुम्बिनीका अन्तर्राष्ट्रिय गुम्बा, महाबोधी मन्दिर, बोधी वृक्ष, धमेक स्तूप, चौखण्डी स्तूप, महापरिनिर्वाण मन्दिर र रामाभार स्तूपको अध्ययन भ्रमण गरेको थियो।

यात्राका क्रममा भारतीय पत्रकार जयप्रकाश गुप्ताले लुम्बिनीको समृद्ध धार्मिक–सांस्कृतिक पक्षले आफूलाई गहिरो प्रभाव पारेको उल्लेख गरे। त्यसैगरी, परासीका पत्रकार पुरुषोत्तम सुवेदीले यात्रा अविस्मरणीय भएको भन्दै बौद्ध तीर्थस्थलहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक पक्षबारे टोलीले गहन जानकारी प्राप्त गरेको बताए।

सुवेदीले भने, “भगवान बुद्धले ज्ञान प्राप्त गरेको बोधगया र प्रथम धर्मचक्र प्रवर्तन भएको सारनाथको भ्रमण हामी पत्रकारहरूको लागि गहिरो अनुभूति बन्यो।” टोलीले ध्यान, प्रार्थना र अन्तरक्रियामार्फत बौद्ध धर्मको मूल सन्देश अनुभव गर्ने अवसरसमेत पाएको उनले बताए।

सारनाथमा वाराणसी थाना क्यान्ट कमिसनरेटका प्रभारी निरीक्षक शिवकान्त मिश्रले टोलीलाई स्वागत गर्दै बुद्धको शान्ति सन्देशको आजको सन्दर्भमा महत्त्वबारे व्याख्या गरेका थिए।

त्यस्तै, बिहार पर्यटन विभागका जनसम्पर्क अधिकारी रवि शंकर उपाध्यायले पटनास्थित पुरानो सचिवालयमा स्वागत गर्दै बिहारका प्रमुख ऐतिहासिक र धार्मिक स्थलबारे जानकारी गराएका थिए। बोधगयाका सहायक सूचना अधिकारी मनमोहन कुमार र रोयल थाई मोनेस्ट्रीका प्रमुखले पनि टोलीलाई स्वागत गरेका थिए।

कुशीनगरमा उत्तर प्रदेशका सदर विधायक मनिष जयसवालले स्वागत गर्दै बुद्ध सर्किट नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई बलियो बनाउने साझा सेतु भएको बताए। “यस यात्राबाट दुबै मुलुकका पत्रकारहरूले एक–अर्काको संस्कृति, इतिहास र धर्मको गहिरो समझ पाएका छन्,” उनले भने, “यसले भविष्यमा संयुक्त पत्रकारिता परियोजनाको ढोका खोल्ने विश्वास लिएको छु।”

यात्राको समापन भगवान बुद्धको महापरिनिर्वाण स्थल कुशीनगरमा भएको थियो। रामाभार स्तूप अवलोकनपश्चात टोली नेपाल फर्किएको हो।

टोली संयोजक ज्ञवालीका अनुसार, यात्राका क्रममा उत्तर प्रदेश र बिहार सरकारका उच्च अधिकारीहरूसँग बौद्ध सर्किटको महत्व, पर्यटन प्रवर्द्धन र संरचनागत विकासबारे गहन छलफल भएको थियो। यस्तो संयुक्त भ्रमणले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध