Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

पश्चिमी युरोपमा हिमपातका कारण जनजीवन कष्टकर, ६ जनाको ज्यान गयो

पश्चिमी युरोपमा हिमपातका कारण जनजीवन कष्टकर, ६ जनाको ज्यान गयो

पश्चिमी युरोपका विभिन्न देशहरूमा हिमपातले जनजीवन कष्टकर बनेको छ । प्रकोपका कारण अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गइसकेको छ । तीमध्ये ५ जनाको फ्रान्समा र १ जनाको बोस्नियामा ज्यान गएको हो ।

‘स्टर्म गोरेत्ती’ नामक शीत आँधीका कारण फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियम, बेलायत तथा आसपासका क्षेत्रमा हवाई, रेल र सडक यातायातमा अवरोध सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सको पेरिसमा अत्यधिक हिमपातका कारण ओर्ली र चाल्र्स दे गौल विमानस्थलबाट कम्तीमा १ सय ४० उडान रद्द गरिएका छन् ।

त्यस्तै, नेदरल्यान्ड्सको स्खिपोल विमानस्थलमा ७०० भन्दा बढी उडान रद्द हुँदा १,००० भन्दा बढी यात्रु रातभर विमानस्थलमै अलपत्र परेका द गार्जियनले जनाएको छ । यात्रुहरूका लागि आपतकालीन बेडको व्यवस्था गरिएको विमानस्थल प्रशासनको भनाइ छ । बेल्जियमको ब्रसेल्समा पनि झन्डै ४० उडान रद्द भएका छन् ।

पेरिसमा सार्वजनिक बस सेवा पूर्ण रूपमा बन्द गरिएको छ । उत्तरी तथा पश्चिमी फ्रान्सका धेरै क्षेत्रमा विद्यालय बस र ट्रकहरू सडकमा चलाउन प्रतिबन्ध लगाइएको छ । रेल सेवामा पनि ढिलाइ र रद्द हुने क्रम चलिरहेको छ । फ्रान्सको रेल कम्पनी एसएनसीएफले ट्र्याकमा जमेको हिउँका कारण गति घटाउनुपरेको जनाएको छ ।

पेरिस–लन्डन–ब्रसेल्स चल्ने युरोस्टार रेल सेवामा पनि ढिलाइ भएको छ । स्कटल्यान्डमा लगातार तेस्रो दिनसम्म विद्यालय बन्द छन् भने इंग्ल्यान्डमा आउँदा दिनमा थप हिमपातको चेतावनी दिइएको छ । यातायात अवरुद्ध भए पनि पेरिसमा धेरै स्थानीय र पर्यटकहरूले हिउँको आनन्द लिइरहेका खबरहरूमा उल्लेख छ ।

त्यहाँको मौसम विभागका अनुसार आउँदो केही दिनसम्म चिसो र हिमपातको प्रभाव कायम रहने सम्भावना छ । नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध