Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

निर्वाचनको सँघारमा मुलुक, टुङ्गो छैन संसद् भवन

निर्वाचनको सँघारमा मुलुक, टुङ्गो छैन संसद् भवन

काठमाडौँ, पुस २४ गते । आसन्न प्रतिनिधि सभा निर्वाचन हुन अब ५६ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगसहित सिङ्गै मुलुक निर्वाचनको तयारीमा होमिएको छ तर निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यहरू बैठक बस्ने संसद् भवनको अझै टुङ्गो लागेको छैन । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरिएको छ ।

नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण प्रयोग गर्न नसकिने अवस्थामा छ । सिंहदरबार परिसरमा निर्माण भइरहेको संसद् भवनको काम कहिले सम्पन्न हुने भन्ने टुङ्गो छैन । त्यसैले फागुनको निर्वाचनपछि संसद् बैठक कहाँ सञ्चालन गर्ने भन्ने अन्योल छ ।

नयाँ बानेश्वरस्थित क्षतिग्रस्त संसद् भवन पुनर्निर्माणको प्रक्रिया नै सुरु हुन सकेको छैन भने निर्माणाधीन नयाँ संसद् भवनको ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको छ । निर्माण कम्पनीले अझै नौ महिनाको समयावधि थपको माग गरेको छ । यसअघि थप गरिएको म्याद पुस १६ गते सकिइसकेको छ । नयाँ संसद् भवनको निर्माण सम्पन्न हुन अझै १२ प्रतिशत बाँकी छ । यसअघि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सम्बद्ध मन्त्रालयका मन्त्रीहरूले पटक पटक निर्माणाधीन संसद् भवनको निरीक्षण गरी निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनी र सम्बद्ध निकायले कामलाई तीव्रता दिन सकेका छैनन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले कात्तिक ८ गते यो भवनको निरीक्षण गर्दै राष्ट्रिय सभा र फागुन २१ गते हुने निर्वाचनपछि प्रतिनिधि सभा सञ्चालन हुने गरी काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक ई. सुनीलकुमार ठाकुरले सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद् भवनको काम सम्पन्न हुन अझै समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् भवन निर्माणको काम भइरहेको छ । ठ्याक्कै कहिलेसम्म काम सम्पन्न हुन्छ भन्न म सक्दिनँ । अब हुन गइरहेको निर्वाचनपछि प्रतिनिधि सभाको बैठक बस्ने गरी तीव्र रूपमा काम गर्न निर्माण कम्पनीलाई निर्देशन र निरन्तर ताकेता गरिरहेका छौँ ।”

निर्माण कम्पनीले नौ महिनाको म्याद थपका लागि माग गरेपछि त्यसबारे छलफल र परामर्शका लागि परामर्शदाता कम्पनीलाई मागपत्र बुझाइसकेको र परामर्शदाता कम्पनीको सुझावपछि यसबारे निर्णय लिने आयोजना निर्देशक ठाकुरले बताउनुभयो ।

मुख्य संरचनाको काम सम्पन्न 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रवक्ता ई. रञ्जनकुमार दासले आयोजनाको मुख्य संरचना (सुपर स्ट्रक्चर) को काम सम्पन्न भइसकेको बताउँदै निर्माणस्थल वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, एचभिएसी, हिटिङ, भेन्टिलेसन, एयरकन्डिसनिङ, एमइपी (मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ) आन्तरिक सजावट, कन्फरेन्सिङलगायत काम बाँकी रहेको जानकारी दिनुभयो । सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी आठ आना (८८,२७१ वर्गमिटर) क्षेत्रफलमा ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ को ढाँचामा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ ।

‘हाइटेक’ डिजाइन 

नयाँ भवन भूकम्प, आगलागी जस्ता आपत्कालीन अवस्थालाई विशेष ध्यानमा राखी ‘नेसनल बिल्डिङ कोड, बिल्डिङ नियमावली र आयोजनाका मर्महरूलाई समेत आत्मसात गरी डिजाइन गरिएको छ । यसमा काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्कने छ  । भवनको गुरुयोजना अनुसार परिसर क्षेत्रलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी मुख्य चार क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत र  हरियाली क्षेत्रले ४५ प्रतिशत जग्गा ओगट्ने छ । बाँकी क्षेत्रमा सडक पूर्वाधार र ‘वाटर बडी’ रहने छन् ।

यस भवन परिसरको निर्माण ‘हाइटेक’ आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिको आधारमा भइरहेको छ । कुल पाँच अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सो शिलान्यास गर्नुभएको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध