Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

तौलिहवा(कपिलबस्तु), पुस ३० गते । जिल्लाको मायादेवी गाउँपालिकामा विद्यालय बिदाका दिनहरूलाई अर्थपूर्ण र उत्पादनशील बनाउने उद्देश्यले सञ्चालन गरिएको होलिडे लर्निङ क्याम्प प्रभावकारी बन्दै गएको छ । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (युएमएन) को संयुक्त साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना अन्तर्गत उक्त क्याम्प सञ्चालन गरिएको हो ।
स्थानीय युवा क्लब तथा सञ्जालका युवाहरूको सक्रिय सहभागितामा प्रत्येक शनिबार र विद्यालय बिदाका दिन उक्त क्याम्प सञ्चालन हुँदै आएको छ । प्रत्येक टोल–बस्तीमा करिब २० देखि ४० जना बालबालिका सहभागी भई पढाइ–लेखाइ, चित्रकला, गीत–संगीत, खेलकुद, नैतिक शिक्षा, जीवनोपयोगी सीप तथा विविध सिर्जनात्मक गतिविधिमा संलग्न हुने गरेका छन् ।
यसअघि विद्यालय बिदाका दिनहरूमा धेरै बालबालिका मोबाइलमा सीमित हुने, पढाइप्रति चासो घट्ने र युवाहरूले पनि समयको सदुपयोग गर्न नसक्ने अवस्था रहेको अभिभावक लखपती तेलीले बताउनुभयो ।
होलिडे लर्निङ क्याम्पमा सहभागी बालबालिकाका अभिभावक तेलीका अनुसार क्याम्पपछि बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताउनभुयो । “बालबालिका घरमा होमवर्क गर्न थालेका छन्, पाहुना आउँदा नमस्कार गर्ने, विद्यालय जाँदा ढोग गरेर जाने जस्ता व्यवहारिक कुरा सिकेका छन्,” उहाँले भन्नुभयो । खाली समयमा सिकेका व्यवहारिक ज्ञान घरमै प्रयोग गर्न थालेको उहाँहरूको भनाइ छ ।
क्याम्पले बालबालिकामा सिकाइप्रतिको रुचि र सिर्जनशीलताको संस्कार विकास गर्नुका साथै युवाहरूको सक्रिय सहभागिता र नेतृत्व क्षमतामा समेत उल्लेख्य वृद्धि भएको सहजकर्ता विन्देश्वरी यादवले बताउनुभयो ।

क्याम्प सञ्चालनपछि बालबालिकाको पढ्ने बानीमा सुधार आएको, आत्मविश्वास बढेको र सिर्जनात्मक क्षमतामा अभिवृद्धि भएको अभिभावकहरूले महसुस गरेका छन् । यसले समुदायस्तरमा अभिभावकहरूको दृष्टिकोणमा समेत परिवर्तन ल्याएको छ । बिदालाई केवल आरामको समय नभई सिकाइ र समग्र विकासको अवसरका रूपमा हेर्ने प्रवृत्ति विकास हुँदै गएको छ ।
बालबालिका, युवा र अभिभावक तीनै तहमा सकारात्मक सोच, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउन सफल भएको यो क्याम्प समुदायमा सिकाइ, सहभागिता र नेतृत्व विकासको असल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ ।
अभिभावकहरू क्याम्पप्रति उत्साहित भई बालबालिकालाई नियमित सहभागी गराउन थालेपछि यसको प्रभाव झनै सशक्त बन्दै गएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै मायादेवी गाउँपालिकाका १६ वटा टोल–बस्तीमा विद्यालय जाने बालबालिकालाई लक्षित गरी होलिडे लर्निङ क्याम्प सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध