Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

काठमाण्डौ – गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन आजदेखि शुरू हुँदैछ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयको राष्ट्रियसभा कक्षमा बस्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनुहुनेछ ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नुहुनेछ ।

हिजो भएको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति तय गरेको छ । जसअनुसार आउँदो आइतबार सभामुखका लागि निर्वाचन हुनेछ । संसद् सचिवालयका प्रवक्ता गिरीले सभामुख निर्वाचनको कार्यतालिका आज नै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

चुनावपछिको पहिलो अधिवेशन शुरु भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने संविधानको व्यवस्था छ ।  सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध