कपिलबस्तु, फागुन ७ गते । स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ । कपिलबस्तुको यशोधरा गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानिय तह स्तरीय अन्र्तक्रिया कार्यक्रम सो कुरा जनाकारी गराइएको हो । जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
आर्थिक वर्ष ०८०।०८१ को माघ मसान्तसम्मको २ सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सो मध्ये एक सय ९ उजुरी मात्रै फस्र्यौट भएको छ भने १ सय ५८ ओटा उजुरी अनुन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।
सो अवसरमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उप सचिव ठाकुर प्रसाद आचार्यले अनियमितताका कारण देश जरजर आवस्थामा पुगेको बताउनुभयो । उहाँले भएको अनियमिततालाई मुद्धा चलाएर र छानविन गरेर टुगिंन नसकिने बताउनुभयो । जनचेतना लगायतको विभिन्न जागरण कार्यक्रमबाट मात्र अनियमिततामा कमि हुने उहाँको भनाई छ ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षमा दश वटा स्थानिय तह मध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ ओटा उजुरी परेको छ भने ३० ओटा फस्र्यौट भएको छ । त्यस्तै कपिलबस्तु नगरपालिकामा ४७ मध्ये २० ओटा फस्र्यौट, बुद्धभुमि नगरपालिकामा ३५ ओटा, १७ ओटा फस्र्यौट, बाणगंगा नगरपालिकामा ९ ओटामा ४ फस्र्यौट, शिवराजमा ५, महाराजगंज नगरपाकिलामा १४ ओटा उजुरीमा फस्र्यौट भएको हो । त्यस्तै यशोधरा गाँउपालिकामा ३४ मा ३ ओटा फस्र्यौट, मायादेवीमा ३० मा १३ ओटा फस्र्यौट, विजयनगरमा २१ मा ९ ओटा फस्र्यौट र शुद्धोधन गाँउपालिकामा १३ वटामा ६ ओटा फस्र्यौट भएको कार्यालयले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशमा दोश्रो बढी उजुरी पर्ने जिल्लाकारुपमा कपिलवस्तु परेको छ ।
कार्यक्रममा शाखा अधिकृत गोकर्ण राज घिमिरे, गाँउपालिका अध्यक्ष शिव दयाल तिवारी, प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकाल, लेखा अधिकृत निराजन राज लम्साल, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।