Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कोरम नपुगेर बैठक स्थगित हुने भएपछि क्यालेण्डर बनाउन सांसदको माग


कोरम नपुगेर बैठक स्थगित हुने भएपछि क्यालेण्डर बनाउन सांसदको माग

काठमाडौं, पुस १६ गते । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् । मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरुको भनाइ छ ।

बैठकमा बोल्नुहुँदै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नका लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताउनुभयो । उहाँले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने जानकारी दिनुभयो । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘क्यालेण्डर बनेको अवस्थामा अरु कामहरु गर्न पनि पाइयो । यो त निकै अप्ठ्यारो भयो । अर्को, अनुगमनहरु हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरुमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरुमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौं ।’’

बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताउनुभयो । उहाँले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटि पनि भन्ने गर्छौं । हामीले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरु दिने ? यो कुराको सुनिश्चितता हुनुपर्‍यो । अनि बैठकको बारेमा जानकनरी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरु भइरहेका छन् । यसमा समितिले पनि ध्यान दिनुपर्‍यो है । ’’

बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताउनुभयो । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उहाँको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान

भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान

साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

AAct Portable Activator ✓ Activate Windows & Office Easily

ताजा समाचार

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा र पुरस्कार वितरण

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा र पुरस्कार वितरण

कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

विद्यालय अस्पतालमा रहेका चमेना गृहको अनुगमन

विद्यालय अस्पतालमा रहेका चमेना गृहको अनुगमन

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध