Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण


धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

भोजपुर,  जेठ २९ गते ।  षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।

षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।

करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले रु पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

पहिलाको पुरानो गुम्बा २०७२  सालको भूकम्पले जीण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उहाँको भनाइ छ । “हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौँ” वडाध्यक्ष शेर्पाले भन्नुभयो,“यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ । भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो । वडाको धेरै मेहनत पश्चात यहाँ गुम्बा बनाउन सफल भएका छौँ ।”

गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पा जानकारी दिनुभयो । भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताउनुभयो ।

वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एक सय २० बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उहाँको भनाइ छ । गुम्बामा प्रत्येक महिनामा सबैजना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताउनुभयो ।

“विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो” उहाँले भन्नुभयो,“गुम्बा जीर्ण हुँदाभित्र पसेर पूजाआजा गर्न जोखिम थियो । अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहज भएको छ । गाउँका सबै जना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ ।”

नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवर्धननका लागिसमेत टेवा पुग्ने शेर्पाले बताउनुभबयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

पिस नेपालको सामाजिक परीक्षण कार्यक्रम

पिस नेपालको सामाजिक परीक्षण कार्यक्रम

भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान

भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान

साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

कोरम नपुगेर बैठक स्थगित हुने भएपछि क्यालेण्डर बनाउन सांसदको माग

कोरम नपुगेर बैठक स्थगित हुने भएपछि क्यालेण्डर बनाउन सांसदको माग

AAct Portable Activator ✓ Activate Windows & Office Easily

ताजा समाचार

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध