Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विपद व्यवस्थापन समितिका सदस्यहरुलाई दुई दिने विपद सम्बन्धी तालिम

विपद व्यवस्थापन समितिका सदस्यहरुलाई दुई दिने विपद सम्बन्धी तालिम

कपिलबस्तु, फागुन २० गते । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका विपद व्यवस्थापन समितिका सदस्यहरुलाई दुई दिने विशेष तालिम प्रदान गरिएको छ । तालिममा स्थानीय विपद व्यवस्थापन समिति, वडा विपद व्यवस्थापन समिति, र सामुदायिक विपद व्यवस्थापन समितिका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
तालिममा विपद व्यवस्थापन र जलबायु उत्थानशिलत लगायतको विषयमा जानकारी गराइएको युएमएनको विपद व्यवस्थापनका व्यवस्थापक राम नाथ ओझाले बताउनुभयो । कपिलबस्तु जिल्ला विशेष गरी आगलागि, बाढी, कटान, शितलहर, र खडेरीको मारमा एकदमै प्रभावित भएको उहाँले बताउनुभयो । विपद जोखिम न्यूनिकरण र जलवायु उत्थानशिलतामा गाँउपालिका, वडा, समुदायको भुमिका बारे समेत जानकारी गराइएको उहाँको भनाई छ ।
सो अवसरमा बोल्दै यशोधरा गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्याले विपद व्यवस्थापनमा समुदायको सक्रिय भूमिकाको आवश्यकता औंल्याउँदै यस्तो तालिमले विपद जोखिम न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै वडा नं. २ का वडाध्यक्ष मनोज कुमार चौबेले पालिकाले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गर्ने र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामाग्रीको पनि तय गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यशोधरा गाँउपालिकाका कृषि शाखा प्रमुख निरञ्जन तिवारीले पालिकामा दलित समाजिक विकास केन्द्रले विपद व्यवस्थापनका साथै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । केन्द्रले सञ्चालन गरिरहेको कार्यक्रमहरु अत्यन्तै सरहनिय रहेको उहाँको भनाई छ ।
युएमएनले यशोधरा गाँउपालिकामा विगत देखि नै विपद् व्यवस्थापनको काम धेरै नै गर्दै आइरहेको टीम लिडर रुप कुमार विकाले बताउनुभयो । तालिम समापन कार्यक्रममा सहभागीहरूले विपद व्यवस्थापन सम्बन्धी सिकाइलाई व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्थानीय तहको सहयोग बाट नै जोखिम न्यूनीकरण गर्न सकिने र कार्यक्रम पनि सफल हुन सक्ने केन्द्रकी अध्यक्ष सुर्जमति पासीले बताउनुभयो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष अब्दुल कयुम मुसलमान, वडा नं. ३ की वडाध्यक्ष सरीता त्रिपाठी, वडा नं. ४ का वडाध्यक्ष अहमद अलि, वडा नं. ५ का वडाध्यक्ष जुबेर अहमद मुसलमान, वडानं. ६ का वडाध्यक्ष राज कुमार कलवार, वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबे, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र मिश्रा,केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदास, जिवन सुधार परियोजनाका परियोजना कार्यक्रम अधिकृत रमेश कुर्मी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध